
भैरहवा, २९ पुस ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको कपडा र जुत्ता बरामद गरेको छ । साथै, तस्करीका साम्रगीमा प्रयोग भएको एउटा कन्टेनर (ट्रक) पनि नियन्त्रणमा लिएको जनाएको छ ।
रुपन्देही प्रहरीका सूचना अधिकारी मनोहर प्रसाद भट्टका अनुसार सिद्धार्थनगर नगरपालिका–८ सिटी अस्पताल चोक स्थित ना ३ ख ५१८९ नम्बरको कन्टेनर (ट्रक) मा लोड गरेर लैजान लागेको अवस्थामा थानको कपडा ५ सय ६० थान (१४६३६ मिटर), लेडिज जुत्ता ३ सय ४० जोर, नेट कपडा १ सय ८९ थान (५१०४ मिटर), दोसल्ला ४ सय ४२ थान र साडी ६ सय १२ थान बरामद भएको हो । बरामद साम्रगीको मूल्य ३० लाख ६२ हजार बढी रुपैयाँको रहेको प्रहरीको दावी छ ।
Advertisement

Advertisement
Advertisement

बरामद यी साम्रगी ट्रकमा लोड गरी लैजान लागेका ट्रक चालक जिल्ला मकवानपुर थाहा नगरपालिका–४ का ४२ वर्षीय रामचन्द्र खत्रीलाई पक्राउ गरिएको डिएसपी भट्टले बताए ।
बरामद साम्रगी, ट्रक र आरोपीलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

