
काठमाण्डौं, १ माघ ।
वाणिज्य बैंकहरुले निक्षेपमा दिने बैंकको ब्याजदर घटाउँदा कर्जामा लिने ब्याज पनि घटेको छ । बैंकहरुले माघ १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बैंकहरुले प्रकाशित गरेको विवरणअनुसार मंसिर मसान्तमा वाणिज्य बैंकको आधारदर औसतमा ९.६९ प्रतिशत रहेको छ ।
पुसको तुलनामा माघमा बैंकको ब्याजदर औसतमा ०.८२ प्रतिशतले घटेको छ । बैंकमा कर्जाको माग घट्दै जाँदा निक्षेप थुप्रने क्रम बढेको छ । कर्जाको माग कम हुने, निक्षेप बढ्दै जाँदा बैंकहरुले ब्याजदर धमाधम घटाउन थालेका छन् ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा ८ वटाको आधारदर १० प्रतिशत भन्दा बढी रहेको छ भने बाँकी १२ बैंकको आधारदर १० प्रतिशत भन्दा कम रहेको छ । बैंकहरुले सार्वजनिक गरेको आधादरमा र अधिकतम प्रिमियम जाेड्दा १० प्रतिशत भन्दा बढी आधारदर हुनेमा एनएमबि बैंक १०.०३, प्राइम १०.४४, हिमालयन १०.७७, लक्ष्मी सनराइज १०.६२, माछापुच्छ्रे १०.०२, सिटिजन्स १०.१३, एनआईसी एशिया १०.३९, कुमारी बैंकको आधारदर १०.६६ प्रतिशत रहेको छ ।
२० बैंकमा सबैभन्दा बढी आधारदर हिमालयन बैंकको रहेको छ । अहिले बैंकको आधारदर १०.७७ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा सबैभन्दा महंगो अर्थात अधिकतम १५.७७ प्रतिशत लाग्ने छ ।
कर्जाको ब्याज महंगो हुने दोस्रो बैंकमा प्राइम बैंक रहेको छ । बैंकबाट कर्जा लिँदा १५.४४ प्रतिशत ब्याज लाग्ने छ । १० वटा बैंकबाट कर्जा लिँदा १४ प्रतिशत भन्दा बढी ब्याज तिर्नुपर्ने छ ।
एनएमबि १४.५३, कृषि १४.९५, लक्ष्मी सनराइज १४.६२, माछापुच्छ्रे बैंक १४.०२, सिटिजन्स १४.१३, प्रभु १४.३३, नेपाल इन्भेष्टमेन्ट मेगा १४.४७, एनआईसी एशिया १४.८४, नेपाल १४.०५ र कुमारी बैंकबाट कर्जा लिँदा १४.१६ प्रतिशत ब्याज लाग्ने छ ।
५ वटा बैंकबाट कर्जा लिँदा १३ प्रतिशत बढी ब्याज तिर्नुपर्छ । जसमा नबिल १३.३, ग्लोबल १३.१४, एसबिआई १३.८०, सानिमा १३.०८, सिद्धार्थ बैंकबाट कर्जा लिँदा १३.५३ प्रतिशत ब्याज तिनुपर्छ ।
यस्तै एभरेष्ट बैंकबाट कर्जा लिँदा १२.४५ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकबाट कर्जा लिँदा १२.७७ प्रतिशत ब्याज तिर्नुपर्छ । सबैभन्दा कम ब्याज राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । बैंकबाट कर्जा लिँदा ११.६४ प्रतिशत ब्याज तिर्नुपर्छ ।


