Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » नेपाल आइपुगेका विश्वचर्चित भ्लगर नास डेलीले लुम्बिनीमा भेटे बौद्ध गुरु
    क्लिक लुम्बिनी विशेष

    नेपाल आइपुगेका विश्वचर्चित भ्लगर नास डेलीले लुम्बिनीमा भेटे बौद्ध गुरु

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० माघ ३, बुधबार १०:१३ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं, ३ माघ।
    विश्वचर्चित इजरायली भ्लगर नास डेली आइतबारसम्म नेपालमा थिए । शनिबार आइपुगेका उनी भोलिपल्ट फर्किए । उनले आफ्नो नेपाल भ्रमणको उद्देश्यबारे प्रकाश पार्दै भिडियो सामाजिक संजालमा सेयर गरेका छन् । बौद्ध धर्मबारे अध्ययन गर्न नेपाल आएका उनले लुम्बिनी पुगेर बौद्ध धर्मगुरुसँग समेत भेटे ।

    लुम्बिनी घुमेको र बौद्ध गुरुसँग भेटेको तस्वीर उनले सामाजिक संजालमार्फत सेयर गरेका छन् । ‘केही भिन्न काम गर्न म नेपाल आइपुगेको थिएँ’ उनले भनेका छन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    खास नाम नुसेर यासिन भएपनि नास डेलीका रुपमा उनी प्रसिद्ध छन् । ६ महिनाअघि उनले शारिरिक ब्यायामको च्यालेन्ज लिएका थिए । अबको ६ महिना आध्यात्मिकरुपमा स्वस्थ हुने च्यालेन्ज उनले लिएका छन् ।

    ‘अब भने आध्यात्मिकरुपमा स्वस्थ हुन विभिन्न धर्मका ग्रन्थ अध्ययन गर्ने च्यालेन्ज लिँदैछु’ हालैको एक नयाँ भिडियोमा उनले भनेका छन् । उनको यो दोस्रोपटकको नेपाल भ्रमण हो । अघिल्लोपटक आउँदा १० दिन बसेका उनी अन्नपूर्ण बेसक्याम्पको पदयात्रामा गएका थिए ।

    अब भने हिन्दु धर्मको लागि भारतको बनारस, इशाइ धर्मको लागि इजरायलको जेरुसेलम, मुसलमानको लागि साउदीको मक्का लगायतका ठाउँमा पुग्ने उनले बताएका छन् । नेपालमा बौद्ध धर्मबारे सिकेका कुरालाई नयाँ भिडियोमा बताउने उनले उल्लेख गरेका छन् ।

    स्वदेश फर्कने बेला काठमाडौं विमानस्थलमा कार्ड नचल्दा उनलाई एकजना नेपालीले १५ हजार रुपैयाँ सापटी दिएर सहयोग गरेका थिए । उनले उक्त पैसा चाँडै फिर्ता गर्ने बताएका छन् ।

    उनले अहिले नास एकेडेमी, नास स्टुडियो, नास आईओ लगायतका संस्था चलाइरहेका छन् । नेपालमा समेत उनका प्रशस्त फ्यान छन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नास डेली लुम्बिनी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.