Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » प्रधानमन्त्री क्रिकेट कप : कर्णालीको दोस्रो जित, लुम्बिनीको दोस्रो हार
    खेलकुद

    प्रधानमन्त्री क्रिकेट कप : कर्णालीको दोस्रो जित, लुम्बिनीको दोस्रो हार

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० माघ ३, बुधबार ११:३१ गते
    pm cricket cup lumbini and karnali
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ३ माघ ।

    घरेलु टिम लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तीन खेल खेलेको कर्णालीले २ मा जित र एकमा हार व्यहोरेको छ भने लुम्बिनीले दुई खेलमा हार ब्यहोर्दा एकमा जित निकालेको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    बुधबार रुपन्देहीको भैरहवास्थित, सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले मौसमका कारण छोट्याइएको निर्धारित ४५ ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ८४ रनको मध्यमस्तरको योगफल बनाएको थियो ।

    कर्णालीका लागि अलराउन्डर दिनेश अधिकारीले ५९ बलमा अविजित सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले । उनले ६ चौका र २ छक्का प्रहार गरे । यस्तै, कर्णालीका लागि दीपेन्द्र रावतले ४७, हिमान्शु शाहीले २५ र ओपनर रवीन्द्र शाहीले ११ रन बनाए पनि अन्य कुनै ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । यद्यपि जितका लागि उनीहरुको योगदान पर्याप्त भयो । बलिङमा लुम्बिनीका निर्मल गुरुङ र अभिषेक गौतमले समान ३–३ विकेट लिँदा मोहम्मद हुसेन, कृष्ण कार्की र अजय चौहानले १–१ विकेट लिए ।

    १ सय ८५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको लुम्बिनी प्रदेश ४१ ओभर दुई बलमा सबै विकेट गुमाउँदै १ सय २४ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न ६ ओभर बलिङ गरेका कर्णालीका दिनेश अधिकारीले १ मेर्डन राखेर १८ रन खर्चिंदै ३ विकेट लिए । यस्तै, अनुज चनारा र दीपेन्द्र रावतले समान २–२ तथा दिवान पुनले १ विकेट लिए ।

    लुम्बिनीका लागि ७७ बलको सामना गरेका कृष्ण कार्कीले ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ४७ रन बनाए । यस्तै, मिर्नाल गुरुङले २२ रन बनाउँदा मोहम्मद हुसेन र निर्मल गुरुङले समान १० रन जोडे । कप्तान सुशान्त थापा १ रनमै पेभेलियन फर्किए । सुरुका ब्याट्सम्यानले नै दोहोरो रन बटुल्न नसक्दा लुम्बिनी घरेलु मैदानमा नै हार व्यहोर्न पुग्यो । खेलमा कर्णालीका दिनेश अधिकारी प्लेयर अफ द म्याच भए । लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा सुदूरपश्चिमसँग ५ विकेटले पराजित भएको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कर्णाली प्रदेश क्रिकेट प्रधानमन्त्री क्रिकेट कप लुम्बिनी प्रदेश सिद्धार्थ क्रिकेट मैदान सिद्धार्थ रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    ‘दसैंले राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउँछ’

    २०८३ कार्तिक १, शनिबार १२:४४ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.