Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » एडिबी परियोजना : सबैभन्दा अघि सिद्धार्थनगरलाई बोलपत्र आह्वान गर्न अनुमति
    अर्थ

    एडिबी परियोजना : सबैभन्दा अघि सिद्धार्थनगरलाई बोलपत्र आह्वान गर्न अनुमति

    नाला सहित २५ किलोमिटर बढी सडक बन्ने, डण्डानदी करिडोरको रुपमा विकास हुने
    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० माघ ३, बुधबार १३:४१ गते
    adb samjhauta siddharthanagar
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ३ माघ ।

    एशियाली विकास बैंक (एडिबी) को ‘अर्बन रेजिलेन्स लाइभ्लीहुड इम्प्रुभ्मेन्ट परियोजना’ अन्र्तगत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (सहित सात पालिकाहरु) मा पूर्वाधार निर्माण र विस्तारका लागि अनुदान सहायता तथा सहलियतपूर्ण ऋणमा बुधवार सम्झौता भएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सिद्धार्थनगरमा परियोजना संचालनका लागि पहिलो नेपाल सरकार (अर्थ मन्त्रालय) र एडिबी, दोस्रो नेपाल सरकार, सिद्धार्थनगर, एडिबी तथा तेस्रो सिद्धार्थनगर, शहरी विकास मन्त्रालय (आयोजना कार्यान्वयन ईकाइ), नगर विकास कोषबीच गरी तीन वटा विभिन्न सम्झौता पत्रमा दस्तखत भएको हो ।

    परियोजना संचालनका लागि कुल बजेटको नेपाल सरकारबाट ७५ प्रतिशत अनुदान, १८ प्रतिशत नगर विकास कोषबाट ऋण र ७ प्रतिशत नगरपालिका कार्यालयको आन्तिरक स्रोतबाट सिद्धार्थनगरमा २५ किलोमिटर बढी नाला सहितको सडक तथा पर्यटन प्रवद्र्धनका लागि डण्डा नदीलाई करिडोरको रुपमा विकास गर्न सम्झौता भएको सिद्धार्थनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए ।

    उनले सम्झौता पत्रमा दस्तखत भएसँगै परियोजना संचालन हुने ७ पालिकामध्ये सबैभन्दा पहिला सिद्धार्थनगर नगरपालिकालाई बोलपत्र आह्वान गर्नका लागि शहरी विकास मन्त्रालय अन्र्तगतको आयोजना कार्यान्वयन ईकाईले अनुमति प्रदान गरेको बताए ।

    सात पालिका मध्ये सिद्धार्थनगरको विस्तृत परियोजना रिपोर्ट एडिबीले स्विकृत गरेर कुनै आपत्ति नरहेको पत्र शहरी विकास मन्त्रालयलाई दिएपश्चात मन्त्रालयको ईकाइ कार्यालयले नगरपालिकालाई ठेक्का आह्वान गर्न अनुमति दिएको हो ।

    ‘सम्झौतासँगै हामीले अन्तराष्ट्रिय बोलपत्र आह्वानका लागि अनुमति पाइसकेका छौँ’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भने, ‘अब अध्ययन गरेर एक हप्ताभित्रै बोलपत्रको सूचना जारी गर्छौँ ।’ उनले उक्त परियोजना नगरको मुहार फेर्नका लागि कोशेढुंगा सावित हुनेमा विश्वास व्यक्त गरे ।

    नगरमा एडिबी अन्र्तगतको परियोजना मात्रै नभई अन्य ठुल्ठुल्ला परियोजना ल्याउनका लागि पनि प्रयासहरु भइरहेको नगर प्रमुख खानले जानकारी दिए ।

    सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले परियोजनाले नगरवासी लाभान्वित हुनुका साथै पर्यटन प्रवद्धन सहित अन्य क्षेत्रमा समेत टेवा पुग्ने बताइन् ।

    बैंकको बोर्ड बैठकले शहरी लचिलोपन र जीवनयापन सुधार परियोजना अन्र्तगत सिद्धार्थनगरमा योजना संचालनका लागि नगरपालिकाबाट प्रस्तावित योजनाहरु गत मंसिर महिनामा स्वीकृत गरेको थियो ।

    परियोजना अन्र्तगत नगरपालिका क्षेत्रमा ‘इडब्लुसीडी’ मानक सहितको फुटपाथ, नाला, साइकल लेन, सडक निर्माण र डण्डा नदीलाई करिडोरको रुपमा विकास गरिनेछ । यसले हरियाली पार्क र खुला ठाउँहरु सहित सार्वजनिक क्षेत्रको समेत सौन्दर्यीकरण गर्नेछ । डण्डा नदीको किनारका जग्गाहरुमा आर्कषक पूर्वाधारहरु निर्माण गरिनेछ ।

    बालबालिका, महिला, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकतालाई समेत मध्यनजर गर्दै परियोजना अन्र्तगतका विकासका कार्यहरु हुने सिद्धार्थनगर नगरपालिकाका योजना प्रमुख इन्जिनियर साकार श्रेष्ठले जानकारी दिए ।

    सिद्धार्थनगरमा परियोजना कार्यान्वयन गर्ने क्रममा उत्कृष्ट परिणाम अनुसार थप लगानी भित्रिने अवस्था समेत रहेको नगरपालिका कार्यालयले जनाएको छ । उक्त परियोजना सिद्धार्थनगर नगरपालिकासँगै पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक, सैनामैना, तिलोत्तमा, र देवदह नगरपालिकामा संचालन हुनेछ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    एडिबी सिद्धार्थनगर नगरपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.