Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » नेपाल प्रहरीमा एसपीको सरुवा हुदैँ : रुपन्देहीमा को ?
    क्लिक लुम्बिनी विशेष

    नेपाल प्रहरीमा एसपीको सरुवा हुदैँ : रुपन्देहीमा को ?

    adminadmin२०८० माघ ४, बिहीबार १०:२२ गते
    nepal police
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ४ माघ ।
    नेपाल प्रहरीले करिब डेढ दर्जन जिल्लाका प्रहरी उपरीक्षक (एसपी) को सरुवा तयारी थालेको छ ।

    रुपन्देही, पर्सा, चितवन, धादिङ, महोत्तरी, सिरहा, झापा, चितवन, तनहुँ, स्याङजा, बर्दिया लगायत जिल्लाका एसपीको एक वर्ष अवधी पुगिसकेको छ । समान्यतया नेपाल प्रहरीका जिल्ला प्रमुखहरुको एक वर्षमा सुरुवा हुने गर्दछन् । प्रहरी प्रधान कार्यालयले यीनै जिल्लाका प्रमुखहरुको सरुवा तयारी थालेको हो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सरुवा तयारी थालेसँगै आर्कषक जिल्लाका इन्चार्ज जानका लागि एसपीहरुको दौडधु्प सुरु भएको छ । प्रहरीमा रुपन्देही, पर्सा, झापा, चितवन लगायतका जिल्ला आर्कषक र महत्वपूर्ण मानिन्छन् । र, यीनै महत्वपूर्ण जिल्लाको इन्चार्जका लागि एसपीहरुको लागिपरेका छन् ।

    पर्साको एसपीका लागि कुमोध ढुंगेल र नवराज कार्कीले चर्को लबिङ गरिरहेका छन् । दुवै जनाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालय मार्फत पर्सा जानका लागि अ–आफ्नो दाउमा छन् । ढुंगेलले पर्सा नपाए रुपन्देही आउने पनि उनको आन्तिरक तयारी रहेको बुझिएको छ । जसका लागि उनी हालको अवस्थामा रुपन्देहीका लागि सबैभन्दा मजबुत ‘क्यान्डिडेट’ को रुपमा देखापरेका छन् । तर, उनको पहिलो रोजाई भने पर्सा रहेको बुझिएको छ ।

    ढुंगेल डिएसपी हुदाँ रुपन्देहीमा बसिसकेका अधिकृत हुन् । ढुंगेल डिएसपीको रुपमा रुपन्देहीमा हुदाँ अपराधी आतंकित थिए । मनोज पुनको आतंक मच्चाएको बेला पुनले फैलाएको अपराधको जालो निस्तेज पार्नका लागि ‘सेकेण्ड डिएसपी’ को रुपमा रुपन्देहीमा आएका ढुंगेलले नै पुन र उनका साथी सोम आलेको इन्काउन्टर गरेका थिए ।

    ‘सेकेण्ड डिएसपी’ रुपमा काजमा आएका उनको पछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा नै दरबन्दी रहन पुग्यो । पुनको चन्दा आतंकले पीडित बनेका रुपन्देहीका व्यापारीहरु पुन इन्काउन्टर पछि आफुलाई सुरक्षित र जिल्लाको सुरक्षा व्यवस्था मजुबत रहेको आभास पाएका थिए । साथै विभिन्न अपराधमा संग्लन आरोपमा प्रहरी खोजी सूचीमा रहेका केदार साहनी पनि प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

    ढुंगेलले ‘सेकण्ड अप्सन’ को रुपमा राखेका रुपन्देहीका लागि दयानिधी ज्ञवाली, रंजित सिंह राठौर, रमेश पण्डित, सन्तोष खड्का, चक्रराज जोशी, बसुन्धरा खड्का, गौतम केसी पनि लागिपरेका छन् । पण्डितले आफ्नो ‘भिटो पावर’ प्रयोग गरिरहेका छन् । केही महिना अघि मात्र उनको नुवाकोट इन्चार्जबाट नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा भैरहवा, रुपन्देहीमा सरुवा भएको थियो ।

    एसपी बढुवामा एक नम्बरमै परेका गौतम केसीले लुम्बिनी प्रदेशका एक मन्त्री मार्फत रुपन्देहीको इन्चार्ज हान्ने दाउमा रहेको प्रहरी संगठनमा चर्चा छ । मोरङ जिल्लामा बसिसकेका सन्तोष खड्का रुपन्देही नभए काभ्रे जिल्ला जाने दाउमा छन् । अन्य प्रहरी अधिकारीहरु पनि अ–आफ्नो तरिकाले चाहेका जिल्लाका लागि दौडधुप गरिरहेका छन् ।

    कमेन्ट गर्नुस्
    • admin
      admin

    advertisement
    advertisement
    एसपी सरुवा नेपाल प्रहरी
    admin
    • Website

    सम्बन्धित सामग्री

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • admin
      admin

    Type above and press Enter to search. Press Esc to cancel.