
रौतहट, ६ माघ ।
रौतहटमा सशस्त्र प्रहरीले स्रोत नखुलेको झन्डै ६ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलका प्रमुख इन्स्पेक्टर नरेन्द्र कुमार पाटामगर नेतृत्वको टोलीले शनिवार ५ लाख ९४ हजार रुपैयाँसहित परोहा नगरपालिका- ८ का ४५ वर्षीय दिनेशप्रसाद कुशवाहालाई पक्राउ गरेको हो।
जिल्लाको बौधीमाई नगरपालिका–७ छोटी बंकुल हुँदै भारततर्फ गइरहेको बागमती प्रदेश ०२–०३८ प–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा एक हजार दरको ३४२ र पाँच सय दरका ५०४ थान गरी कुल ५ लाख ९४ हजार रुपैयाँ बरामद भएको इन्स्पेक्टर पाटामगरले बताए ।
बरामद रुपैयाँ, मोटरसाइकलसहित ४५ वर्षीय कुशवाहालाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

