Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » विमानस्थलमा सशस्त्र : भैरहवा र पोखरामा पनि खटाउन खोजिएको हो ?
    अर्थ

    विमानस्थलमा सशस्त्र : भैरहवा र पोखरामा पनि खटाउन खोजिएको हो ?

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० माघ ८, सोमबार ०७:०८ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौँ, ८ माघ ।
    अर्थ मन्त्रालयको आग्रहमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस २६ मा सशस्त्र प्रहरी परिचालन सम्बन्धी निर्णय गरेका हुन् । माघ १ बाट इन्स्पेक्टरको कमान्डमा ३१ जना सशस्त्र प्रहरी अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका छन् ।

    विमानस्थल भन्सारमा खटिएसँगै सशस्त्र प्रहरीले आइतबार आधा किलो सुन बरामद गरेको छ । कतारको दोहाबाट आएका झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई सशस्त्रले सुन सहित नियन्त्रणमा लिएको हो । सो घटनालाई सशस्त्र प्रहरीले विमानस्थल भन्सारमा खटिएपछिको पहिलो सफलता भनेको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    त्रिभुवन विमानस्थल जस्तै अन्तर्राष्ट्रिय सीमा मानिने थप दुईवटा विमानस्थल सञ्चालनमा छन् । भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा आएका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थ मन्त्रालयले उप–सचिवको नेतृत्वमा भन्सार कार्यालय स्थापना गरेको छ । पोखरामा भन्सार कार्यालय राख्ने तयारी भइरहेको अर्थ मन्त्रालयका प्रवक्ता सहसचिव धनिराम शर्माले बताए ।

    भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अहिले आवश्यक नभएको अर्थ मन्त्रालयका प्रवक्ता शर्माले बताए । उनी भन्छन्–‘भैरहवा र पोखरामा अहिले सशस्त्र खटाउनुपर्ने अवस्था छैन ।’

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरुमा कुवेतको जजीरा एअरवेजले उडान सुरु गरे पनि अहिले रोकेको छ । २०७९ वैशाखमा सुरु भएको भैरहवा एयरपोर्टबाट नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक भएर सशस्त्र प्रहरी परिचालनका गर्ने निर्णय गरिएको तर, अरू दुई विमानस्थलमा खटाउनेबारे छलफल नभएको सहसचिव शर्माले बताए । तस्करीको सुन लगातार आउन थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका भन्सारका कर्मचारीले पनि ‘सुरक्षा चुनौती’ महसुस गरेसँगै अर्थमन्त्री प्रकाश शरण महतले त्यसबारे गृह मन्त्रालयलाई आग्रह गरेका हुन् ।

    सशस्त्रले सीमा क्षेत्रमा भन्सार छली नियन्त्रणमा काम गरेको हुनाले अर्थ मन्त्रालयका अधिकारीहरूले विमानस्थलमा सशस्त्र खटाउनेबारे छलफल गरेका थिए । विमानस्थल भन्सार कार्यालयमा नेपाल प्रहरीका सुरक्षाकर्मी खटाउने बारे छलफल नभएको सहसचिव शर्माले बताए । उनी भन्छन्–‘सुरु देखी नै सशस्त्रलाई खटाउनेबारे छलफल भएको हो ।’

    अर्थमन्त्री प्रकाश शरण महतले पुस १७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको सुरक्षा संवेदनशीलता र बढ्दो चुनौतीका कारण सशस्त्र प्रहरी परिचालन गरिदिन आग्रह गरेका थिए । अर्थको आग्रहअनुसार गृह मन्त्रालयले सो निर्णय गरेको हो ।

    भन्सार चेकजाँचमा खटिने सशस्त्रको टिम प्रमुख भन्सार प्रशासकको पूर्ण नियन्त्रण र निर्देशनमा परिचालित हुने निर्णय गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर तर्फको सुरक्षा जाँच नेपाल प्रहरीले गर्दै आएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    विमानस्थल सशस्त्र प्रहरी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.