Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » अति मोटा र अति दुब्ला सशस्त्रको बढुवा रोकिने
    क्लिक लुम्बिनी विशेष

    अति मोटा र अति दुब्ला सशस्त्रको बढुवा रोकिने

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० माघ ८, सोमबार ०७:२६ गते
    apf
    advertisement
    advertisement
    advertisement

    काठमाडौं, ८ माघ ।
    अति मोटा र अति दुब्ला सशस्त्र प्रहरीलाई युएन मिसनमा जान रोक लगाइएको छ। उचाई अनुसारको तौल नभएका अति दुब्ला र अति मोटा सशस्त्र प्रहरी कर्मचारी विदेश तालिममा जान पाउने छैनन्। यस्तै उनीहरूको बढुवा हुने छैन र कमान्डरको जिम्मा पनि पाउने छैनन्।

    सशस्त्र प्रहरी बल नेपालले विदेश तालिमसम्बन्धी नीति तर्जुमा गर्दे प्रहरी कर्मचारीलाई शारीरिक स्वस्थता कायम राख्नका लागि विशेष कार्यविधि बनाएको छ। तालिमका लागि विदेश जाने प्रहरी कर्मचारीको छनौटमा पारदर्शिता कायम गर्नका लागि सशस्त्र प्रहरी बलले शारीरिक स्वस्थता पनि कार्यविधि प्रयोगमा ल्याएको हो। यही कार्यविधिअनुसार नियमावली बन्ने क्रममा छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काका अनुसार ‘बीएमआई परीक्षण’ स्वास्थ्य वर्गिकरणसम्बन्धी कार्यविधि २०७९ बनेको हो। यो कार्यविधि २०८० भदौदेखि संगठनमा लागू भएको छ। सशस्त्र प्रहरीका हरेक कार्यालयहरूमा यो मापदण्ड लागू भइसकेको छ।

    खड्का भन्छन्, ‘प्रहरी कर्मचारीलाई स्वास्थ्यप्रति सचेत बनाउनका लागि पनि बीएमआई मापदण्ड लागू गरिएको हो। अनावश्यक मोटो हुने, कार्यकक्षमा सक्रिय नहुने तथा अल्छी कर्मचारी नहुन् भन्ने उद्देश्यले नै यो मापदण्ड बनाइएको हो।’ खड्का भन्छन्, फौजीहरू फिट र तन्दुरुस्त नै देखिनुपर्छ। महिला पुरुष दुवै प्रहरी कर्मचारीका लागि यो मापदण्ड लागु छ। मापदण्ड पूरा नगरेका प्रहरी कर्मचारी कारबाहीमा पर्नेछन्।’

    सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बीएमआइ मापदण्ड अनुसार ४ वटा श्रेणी छुट्याइएको छ। सामान्य, मोटा, दुब्ला र अति दुब्ला तथा अति मोटा गरी ४ वटा श्रेणीमा प्रहरी कर्मचारीको वर्गिकरण गरिएको छ। सामान्य वर्गमा परेका सशस्त्र प्रहरीले बढुवा, कमाण्ड, युएन मिसन, विदेश तालिम, सेमिनार जस्ता सबै अवसरमा भाग लिन पाउँछन्।

    स्वास्थ्यको हिसाबले मोटो वर्गमा परेका सशस्त्र प्रहरीले बढुवा र कमान्ड पाउँछन्। विदेश तालिम र युएन् मिसनमा भने भाग लिन पाउनेछैनन्। दुब्लो वर्गमा पर्ने सशस्त्र प्रहरी बढुवाका लागि योग्य मानिन्छन्। तर, यिनीहरू कमाण्ड, युएन मिसन र विदेश तालिमका लागि अयोग्य ठानिन्छन्। यस्तै, अति दुब्लो र अति मोटो वर्गमा पर्ने सशस्त्र प्रहरीले विदेश तालिम, युएन मिसन, कमाण्ड र बढुवा सबैमा अवसर पाउने छैनन्। उनीहरू कारबाहीमा पर्छन्।

    सामान्यबाहेक अन्य तीनवटा कुनै पनि वर्गमा पर्ने प्रहरी कर्मचारीले ६ महिनापछि पुनः डाक्टरको उपस्थितिमा स्वास्थ्य परीक्षण गर्न पाउँछन्। पुनः आफूलाई शारीरिक रूपले मेन्टेन गर्न सक्छ। सामान्य अवस्थामा आएपछि कुनै पनि सुविधावाट बाहिरिनु पर्दैन।

    सशस्त्र प्रहरीको २३औं वार्षिक उत्सवका अवसरमा प्रहरी हेडक्वाटरदेखि सबैतिर बीएमआई परीक्षण भइरहेको छ। यसका लागि सशस्त्रै प्रहरीकै मेडिकल डाक्टरको उपस्थिति रहेको छ। उमेर अनुसारको २ माइल परीक्षण पनि भइसकेको छ। विशेष अवस्थाका प्रहरी कर्मचारीलाई यो परीक्षण आवश्यक छैन। जस्तै गर्भवती महिला कर्मचारीलाई गर्भवती भएको समयदेखि २ वर्षसम्म यो परीक्षण आवश्यक छैन। मिसक्यारेज भएको अवस्थामा १ वर्षसम्म यो परीक्षण आवश्यक छैन।

    यस्तै, तौल समूहमा खेल खेल्ने खेलाडी कर्मचारीका लागि पनि बीएमआई परीक्षण आवश्यक छैन। घाइते र अंगभंग भएका र उपचारका क्रममा रहेका प्रहरी कर्मचारीलाई पनि यो मापदण्ड लाग्दैन। यस्तो अवस्थामा अघिल्लो पटक उसको बीएमआई रिपोर्ट जे थियो त्यसलाई नै आधार मान्ने गरिन्छ। सहप्रवक्ता थापाका अनुसार गत वर्ष बीएमआई कार्यविधि बनाउँदा नै एक वर्षपछि लागु हुनेछ भनिएको थियो। अहिले लागू भइसकेको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    सशस्त्र प्रहरी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.