Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » ३० वर्षमा प्रधानमन्त्रीको तलब १० गुणाले वृद्धि
    अर्थ

    ३० वर्षमा प्रधानमन्त्रीको तलब १० गुणाले वृद्धि

    यस्तो छ प्रधानमन्त्रीदेखि सहायकमन्त्रीसम्मका मासिक पारिश्रमिक र सेवा–सुविधा (सूचीसहित)
    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० माघ १०, बुधबार ०७:४८ गते
    pm-mantri-haru-ko-talab
    advertisement
    advertisement
    advertisement

    काठमाडौँ, १० माघ ।
    देशका प्रधानमन्त्री र मन्त्रीहरूले मासिक पारिश्रमिक र अन्य सुविधा प्राप्त गर्छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको मासिक तलब ९४ हजार २ सय ८० रुपैयाँ छ । त्यसबाहेक मासिक ३ सय लिटर पेट्रोल, राज्यमन्त्रीस्तरको सल्लाहकारदेखि कार्यालय सहायकसम्म गरी ३४ जना कर्मचारीको सुविधा छ । यसका अतिरिक्त दैनिक भ्रमण भत्ता र सुरक्षा व्यवस्था पनि हुन्छ । प्रधानमन्त्रीले दैनिक भ्रमण भत्ता ३ हजार हो, जुन राजधानी बाहिर गएको दिन पाउने व्यवस्था छ ।

    प्रधानमन्त्रीले पाउने उक्त पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार अर्थ मन्त्रालय बजेट महाशाखाबाट २०७७ साल माघ २२ गते स्वीकृत भएको हो । ३० वर्ष अघि र अहिलेका प्रधानमन्त्री र मन्त्रीहरूको मासिक पारिश्रमिक र सुविधा १० गुणाले बढेको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    प्रधानमन्त्री र मन्त्रीहरूले लिने पारिश्रमिक र सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०४९ ले प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीको पारिश्रमिक र सुविधासम्बन्धी कानुनी व्यवस्था गरेको थियो । त्यसयताका सरकारहरूले उक्त ऐन संशोधन गर्दै २०८० साल अर्थात् हालसम्म आइपुग्दा प्रधानमन्त्री र मन्त्रीहरूको पारिश्रमिक १० गुणाले वृद्धि गरेको पाइएको छ ।

    २०५० सालमा प्रधानमन्त्रीको मासिक पारिश्रमिक (तलब) ९ हजार, उपप्रधानमन्त्रीको ७ हजार ५ सय, मन्त्रीको ७ हजार र राज्यमन्त्रीको ६ हजार ७ सय तोकिएको थियो । त्यसबाहेक अन्य सेवा सुविधा पनि सोही अनुपातमा तोकिएको थियो । तर अहिले प्रधानमन्त्री र मन्त्रीहरूको पारिश्रमिक लगायत अन्य सेवा सुविधा समयानुकूल वृद्धि गर्दा उनीहरूको पारिश्रमिक पनि बढ्न पुगेको हो ।

    कार्य सञ्चालन निर्देशिका २०७७ आठौँ संस्करणमा प्रधानमन्त्रीदेखि मन्त्रीहरूको पारिश्रमिकको व्यवस्था प्रकाशित छ । जसमा उपप्रधानमन्त्रीहरूको मासिक पारिश्रमिक मसलन्द,महँगी भत्ता र सञ्चारसमेत जोड्दा मासिक ८४ हजार ६४० हुन आउँछ । त्यसबाहेक उपप्रधानमन्त्रीले मासिक ३०६ लिटर पेट्रोल, सहसचिव सो सरहका एकजना सह स्वकीय सचिवदेखि कार्यालय सहायकसम्म गरी आठ जना कर्मचारीको पारिश्रमिक पनि सरकारले नै बेहोर्ने व्यवस्था छ । त्यसैगरी मन्त्रीहरूको हकमा पनि यही क्रममा मासिक पारिश्रमिक वृद्धि भएको छ । हाल दुई जना उपप्रधानमन्त्री छन् ।

    • पूर्व मुख्यसचिव डा. विमल कोइराला हाल प्रधानमन्त्री र मन्त्रीहरूले पाउने पारिश्रमिक अन्य देशको तुलनामा कमै रहेको बताउँछन् ।

    हालको व्यवस्थाअनुसार मन्त्रीहरूको मासिक पारिश्रमिक मसलन्द तथा अतिथि सत्कार ३५००,महँगी भत्ता २०००,सञ्चार सुविधा ३००० गरी जम्मा ७९२३० पाउँछन् । त्यसमा मासिक २०७ लिटर पेट्रोल र ७ जना कर्मचारी उनीहरूको सुविधाका लागि सरकारले उपलब्ध गराउँछ । हाल संघ सरकारमा १९ जना मन्त्री छन् । २०५० सालमा मन्त्रीहरूले अन्य सेवा सुविधाबाहेक ७ हजार मासिक पारिश्रमिक पाउने व्यवस्था थियो ।

    पूर्व मुख्यसचिव डा. विमल कोइराला हाल प्रधानमन्त्री र मन्त्रीहरूले पाउने पारिश्रमिक अन्य देशको तुलनामा कमै रहेको बताउँछन् ।

    त्यसैगरी राज्यमन्त्रीहरुको पनि पारिश्रमिक विगतको तुलनामा १० गुणाकै दरले बढेको देखिन्छ । ३० वर्षअघि राज्यमन्त्रीको मासिक पारिश्रमिक ६ हजार ७ सय रहेकोमा हाल ७५ हजार भन्दा बढी मासिक पारिश्रमिक पाउँछन् । राज्यमन्त्रीले हाल मासिक ६७ हजार ३० रुपैयाँ पारिश्रमिक पाउँदा मसलन्द ३,०००,महँगी भत्ता २०००, सञ्चार सुविधा ३००० गरी जम्मा जम्मा ७५ हजार ३० पुगेको हो । त्यसबाहेक राज्यमन्त्रीहरूले मासिक २०० लि पेट्रोल, मोबिल (४० लि. वार्षिक) र ७ जना कर्मचारी पाउँछन् ।

    हाल मुलुकमा सहायक मन्त्री नभए पनि उनीहरूको हकमा पनि पारिश्रमिकको व्यवस्था गरिएको छ । सहायकमन्त्रीका लागि मासिक पारिश्रमिक ६५ हजार ५३०, मसलन्द २५००,महँगी भत्ता २०००, सञ्चार सुविधाबापत ३००० पाउने व्यवस्था छ यो सबै जोड्दा उनीहरूको मासिक ७३ हजार ३० हुन आउँछ । त्यसमा मासिक १८० लिटर पेट्रोल, (मोबिल २० लि. वार्षिक) र ७ जना कर्मचारीको व्यवस्था पनि रहेको छ ।

    अर्थ मन्त्रालयका प्रवक्ता एवम् सहसचिव धनीराम शर्माका अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक र सेवा सुविधा २०७६ साल साउन १ गतेबाट लागु भएको हो । जसमा नियमअनुसार कर कट्टी गरेर उनीहरूको खातामा जम्मा हुँदै आएको छ ।

    पूर्व मुख्यसचिव डा. विमल कोइराला हाल प्रधानमन्त्री र मन्त्रीहरूले पाउने पारिश्रमिक अन्य देशको तुलनामा कमै रहेको बताउँछन् । ‘अन्य देशको तुलनामा हालको यो पारिश्रमिक कम हो,’ उनले भने, ‘तर बढाउने नबढाउने भन्ने कुरा सरकारको निर्णयमा भर पर्छ ।’

    उनले देशको आर्थिक अवस्था लगायतलाई ध्यानमा राखेर सरकारले पारिश्रमिक र सेवा सुविधाबारे पुनरावलोकन गर्न सक्ने बताए । ‘अहिलेको अवस्थामा देशको आर्थिक अवस्था पनि हेर्नुपर्ने हुन्छ त्यो हेरेर निर्णय गर्ने अधिकार सरकारको हो,’ उनले भने ।

    • कसको कति पारिश्रमिक ?

    १. प्रधानमन्त्री

    मासिक पारिश्रमिक ७७२८०
    मसलन्द १०,०००
    महँगी भत्ता २०००
    सञ्चार सुविधा ५०००
    जम्मा : ९४२८०
    ३०६ लि. पेट्रोल, मोबिल (४० लि. वार्षिक)
    स्वकीय सचिवदेखि कार्यालय सहायकसम्म ३४ जना कर्मचारी

    २. उपप्रधानमन्त्री

    मासिक पारिश्रमिक ७५,६४०
    मसलन्द ४,०००
    महँगी भत्ता २०००
    सञ्चार सुविधा ३०००
    जम्मा : ८४६४०
    ३०६ लि पेट्रोल, मोबिल (४० लि. वार्षिक)
    कर्मचारी आठजना

    ३. मन्त्री

    मासिक पारिश्रमिक ७०,७३०
    मसलन्द तथा अतिथि सत्कार ३५००
    महँगी भत्ता २०००
    सञ्चार सुविधा ३०००
    जम्मा : ७९२३०
    २०७ लि पेट्रोल,
    कर्मचारी ७ जना

    ४. राज्यमन्त्री

    मासिक पारिश्रमिक ६७०३०
    मसलन्द ३,०००
    महँगी भत्ता २०००
    सञ्चार सुविधा ३०००
    जम्मा : ७५०३०
    २०० लि पेट्रोल, मोबिल (४० लि. वार्षिक)
    कर्मचारी ७ जना

    ५. सहायकमन्त्री

    मासिक पारिश्रमिक ६५५३०
    मसलन्द २५००
    महँगी भत्ता २०००
    सञ्चार सुविधा ३०००
    जम्मा : ७३०३०
    १८० लि पेट्रोल, (मोबिल २० लि. वार्षिक)
    कर्मचारी ७ जना

    यो बाहेक प्रधानमन्त्री र मन्त्रीहरूलाई आवासको व्यवस्था पनि सरकारले गरेको छ । हाल प्रधानमन्त्रीलाई बालुवाटार र मन्त्रीहरूलाई पुल्चोकमा आवास सुविधा प्रदान गरिएको छ । (रातोपाटीबाट साभार)

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    प्रधानमन्त्रीको तलब
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.