

भैरहवा, १७ माघ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा संचालित पाँच तारे टाइगर प्यालेस रिसोर्टले बक्यौता राजस्व बुझाएको छ ।
बक्यौता राजस्व बापतको ५४ करोड बुझाएर रिसोर्ट नविकरण गरिएको टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धि सागर सुवेदीले बताए ।



गत असारमा सुवेदीको नेतृत्वको समूहले पाँच अर्ब लगानीमा रिसोर्ट खरिद गरेको थियो । रिसोर्ट खरिद गरेपनि पूर्ण रुपमा संचालन गर्न सकेको थिएन ।
‘यसले मुलुककै पर्यटनमा नयाँ आयाम ल्याउनेमा विश्वस्त र उत्साहित छौ, उनले भने, ‘देखिएका सबै समस्या समाधान गरेर अब प्यालेस लयमा फर्किएको छ ।’
बक्यौता रकम तिरेपछि अब रिसोर्टले गति लिने प्रमुख कार्यकारी दिपक लेखकले बताए ।
उनले रिसोर्टमा मजदुरको विवाद पनि वार्ता गरेर सहमतीसँगै समाधान भएको र क्यासिनो संचालनको तयारी समेत रहेको बताए ।