
भैरहवा, २१ माघ । डा. सी.के. राउत नेतृत्वको जनमत पार्टी रुपन्देहीको इन्चार्जमा रामकेश गुप्ता मनोनित भएका छन् । गुप्तालाई आइतबार (आज) पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के. राउतले जिल्ला इन्चार्जमा मनोनित गर्नुभएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले बताए ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर २ निवासी गुप्ता विगत १२ वर्षदेखि आफू जनमत पार्टीमा रहेर विभिन्न जिम्मेवारी निर्वाह गरिसकेको बताउँछन् । उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने र जनमतलाई रुपन्देहीमा ठूलो र शक्तिशाली पार्टीको रुपमा स्थापित गर्ने लक्ष्य रहेको बताए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘विकास, सुशासनका लागि काम गर्छौं, जनताको हकअधिकारका निम्ति लागिपरेका छौं र लागिपर्नेछौं, पूराना नेता–कार्यकर्ताको उचित मूल्यांकन गर्दै नयाँ कार्यकर्तालाई पनि जोड्दै जानेछौं, ’उनले भने । यस अघि जनमत रुपन्देहीको जिल्ला इन्चार्जको जिम्मेवारी अर्जुन प्रसाद जयसवालले सम्हालिरहेका थिए ।


