Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सिद्धार्थनगरले ५६ वर्ष पछि पहिलो पटक मनायो स्थापना दिवस
    फोकस लुम्बिनी

    सिद्धार्थनगरले ५६ वर्ष पछि पहिलो पटक मनायो स्थापना दिवस

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० माघ २२, सोमबार ११:०५ गते
    siddharthanagar sthapana diwas
    स्थापना दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रममा राष्ट्रिय झण्डा फहराउँदै नगर प्रमुख खाँ ।
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २२ माघ ।
    सिद्धार्थनगर नगरपालिका स्थापना भएको ५६ वर्षपछि नगरपालिकाको कार्यालयले पहिलो पटक विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । वि।स २०२४ माघ २२ गते भैरहवा नगरपञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो ।

    तत्कालिन श्री ५ को सरकारद्धारा दश हजार सात जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगरपञ्चायत नामले स्थापना गरेको विषय उक्त समयमा प्रकाशित राजपत्रमा उल्लेख छ । उक्त राजपत्रको नगरपालिकाको कार्यालयले खोज गरेको थियो । स्थापना दिनको प्रमाण स्वरुप अदालतमा प्रकाशित राजपत्र फेला परेपछि सोही राजपत्रको आधारमा कार्यालयले माघ २२ गते स्थापना दिवस मनाएको हो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    दिवसको अवसरमा कार्यालयले विभिन्न संघसंस्था, नगरवासीहरुको सहभागितामा नगरमा प्रभातफेरी, शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ भने नगरवासीहरुलाई साँझ दीप प्रज्वलन गर्न समेत आग्रह गरेको छ ।

    नगरपालिका कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले स्थापना भएदेखि पहिलो पटक दिवस मनाउन पाएको खुशी व्यक्त गर्दै नगरवासीहरुलाई शुभकामना दिए । उनले माघ २२ गते नगरवासीहरुका लागि ऐतिहासिक दिन भएकोले साँझ घरघरमा दीप प्रज्वलन लगायत कार्यक्रम गरेर स्थापना दिवस मनाउन आग्रह गरे ।

    उनले नगरलाई पर्यटकीय नगरको रुपमा विकास गरिने बताए । नगर विकासका लागि आफुहरु आएकोले क्रमशः प्राथमिकताका आधारमा विकासका कार्य गर्दै जाने उनको भनाई छ ।

    त्यस्तै जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चपाईले नगर क्षेत्रको विकासको लागि विधी र शासनको पालना गर्नुपर्ने विषयमा जोड दिए । उनले नगरका जनप्रतिनिधीहरुले राम्रो कार्य गरिरहेको बताउँदै अझै कामहरु गर्नुपर्ने आवश्यकता रहेको बताए ।

    सो अवसरमा बोल्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले नगर क्षेत्रको विकासको लागि नगरपालिकाले आगामी दिनमा थप सशक्त रुपले योजना बनाएर अघि बढ्ने बताइन् । स्थानीय सरकार नजिकको सरकार भएतापनि हातेमालो गरेर अघि बढे मात्र विकास लगायतका कार्य सम्भव हुने उनको भनाई छ ।

    सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवले पुरानो पालिकाको मध्यको सिद्धार्थनगर नगरपालिकाले विकासको गतिमा धेरै फड्को मारेको भन्दै स्थापना दिवसको शुभकामना व्यक्त गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सिद्धार्थनगर मुलुकको सुन्दर नगरपालिका बन्न सक्ने क्षमता भएको कारण ठूलो योजना भन्दा पनि नगर क्षेत्र भित्र रहेका योजनाहरुलाई सफल बनाउन लाग्नु पर्ने धारणा राखे ।

    उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले नगरको विकासको लागि निजी संस्थाले गर्नुपर्ने काममा सधै हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    त्यस्तै कार्यक्रममा सहभागी सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ लगायत वक्ताहरुले स्थापना दिवसको शुभकामना व्यक्त गर्दै नगरलाई पर्यटकीय सहर बनाउने गरी अगाडी बढ्न सबै प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    भैरहवा नगरपञ्चायत सिद्धार्थनगर नगरपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.