
डाेल्पा, २२ माघ । उपप्रधानमन्त्री एंव रक्षामन्त्री पूर्णबहादुर खड्काले ल्यासिक्याप-धो सडकखण्ड निर्माणकाे जिम्मा सेनालाई दिने बताएका छन् ।
भेरी करिडोर अन्तर्गत पर्ने ल्यासिक्याप देखि सिशाैल सम्मकाे सडक निर्माणकाे जिम्मा नेपाली सेनालाई दिन भेटघाट समेत तिव्र पारिएको छ ।
Advertisement

Advertisement
Advertisement

कडा चट्टानी भु-वनाेट भएकाे उक्त सडक खण्ड निर्माणकाे जिम्मा सेनालाई दिन माग राख्दै साेमबार प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाको नेतृत्वमा जनप्रतिनिधिको टोलीले मन्त्री खड्कालाई भेटघाट गरेको थियो ।
भेटघाटमा मन्त्री खड्काले उक्त बिषय धेरै ठाउँबाट उठेकाले सडक निर्माणकाे जिम्मा नेपाली सेनालाई दिने कुरामा पुर्ण रुपमा आश्वस्त पारेकाे सांसद बुढाले बताए ।
चिन-नेपाल हुँदै भारत जाेड्ने याे सडक रणनीतिक हिसाबमा पनि महत्त्वपूर्ण रहेकाे उनकाे भनाइ छ । उक्त सडकखन्डकाे करिब ३३ किलोमीटर भु-भाग कडा चट्टानयुक्त भएकोले अहिलेसम्म पनि निर्माण हुन सकेको छैन ।

