


काठमाडौं, २४ माघ। अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा ६१ किलो सुन प्रकरणको प्रतिवादी अमला रोका विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ।
नेपाल प्रहरीको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले गरेको सिफारिसका आधारमा रोकाविरुद्ध इन्टरपोलले डिफ्यूजन नोटिस जारी भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले बताए ।

उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ।
यसअघि साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिवि विमानस्थल भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।
१९ दिनपछि अनुसन्धानका लागि सीआईबीलाई विभागले फाइल बुझाएको थियो।
कमेन्ट गर्नुस्

