Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनीमा दादुरा–रुबेलाको खोप ११ लाख बढीलाई लगाइने
    फोकस लुम्बिनी

    लुम्बिनीमा दादुरा–रुबेलाको खोप ११ लाख बढीलाई लगाइने

    adminadmin२०८० माघ २४, बुधबार २२:५८ गते
    advertisement
    advertisement
    advertisement

    दाङ । सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारले प्रतिबद्धता जनाएपनि कोभिड–१९को महामारी र अन्य कारणहरुले गर्दा नेपालमा पछिल्लो समय बालबालिकाहरूमा दादुरा रुबेलाको महामारी देखिएको छ ।

    कोभिड–१९ ले गर्दा नेपालमा दादुरा रुबेलाको खोप लगाउन छुटेका बालबालिकाहरुको संख्यामा बृद्धि भई २०७९/०८० मा दादुराको महामारी देखिएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले जनाएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    लुम्बिनी प्रदेश पूर्ण खोप प्रदेश घोषण भएपनि २०७९ मंसिर ३ देखि २०८० पुष १५ गतेसम्म दादुरा रुबेलाको महामारीको रुपमा सबै भन्दा धेरै बिरामी बाँकेमा फेला परेका थिए । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार बाँकेमा ३ सय २१ जना दादुरा रुबेलाबाट बालबालिका संकमित भएका थिए । त्यसैगरी बर्दियामा ७२, दाङमा ३९, अर्घाखाँचीमा ११ जनामा बिरामी परेका थिए ।

    नियमित दादुरा रुबेला खोपको कभरेज सबै स्थानिय तहमा एकरुपता रहेको छैन । जसका कारण पनि दादुरा रुबेला खोप अभियान २०७६/०७७ समापन्नपछि गरिएको सर्वेक्षणबाट दादुरा रुबेला खोपको कभरेज ८४ प्रतिशत मात्र रहेको पाइएको छ ।

    दादुरा रुबेला खोप अभियान २०८०/०८१ अन्तरगत प्रदेशस्तरीय समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका खोप फोकल पर्सन कुमार थापाले पछिल्लो समय दादुरा रुबेलाका बिरामीको संख्या बढेको हुदा नेपाल सरकारले यहि फागुन १३ देखि २५ गतेसम्म देशव्यापी रुपमा दादुरा रुबेला खोप अभियान संचालन गर्न लागेको बताए ।

    प्रदेशस्तरीय खोप समन्वय समितिका अध्यक्ष तथा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीको अध्यक्षतामा अभिमुखीकरण कार्यक्रममा सम्पन्न भएको छ ।तराईका २१ जिल्लामा ९ महिनादेखि १५ वर्ष उमेर समुहका र पहाडी जिल्लामा ९ महिनादेखि ५ वर्ष उमेर समुहका बालबालिकाहरूमा दादुरा रुबेला खोप अभियान संचालन हुन लागेको हो ।

    यस अभियान अन्तरगत लुम्बिनी प्रदेशमा मात्र ११ लाख ६० हजार ६ सय ६६ जना बालबालिकाहरुका खोप लगाउने लक्ष रहेको लुम्बिनी प्रदेश स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले बताए ।

    त्यसैगरी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद कुमार गिरीले यस अभियान सफल बनाउन सबैको साथ सहयोग रहेको बताए । डा. गिरीले भने- ‘यो अभियान नियमित हो, यस भन्दा पहिला नियमित दादुरा रुबेलाको खोप लगाइसकेका बालबालिकाहरुलाई पनि यस अभियानमा खोप लगाउन सक्नेछन् ।’

    दादुरा रोक के हो?
    मिजल्स भाइरसबाट लाग्ने दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । यो रोग समान्यतया ५ वर्ष मुनिका वालवालिका हरुलाई धेरै लाग्दछ र त्यसले छिट्टै महामारीको रुप पनि लिन सक्दछ । एउटा बिरामीले १८ जनासम्म दादुरा रोग सार्न सक्छ । दादुरा रोग लाग्यो भने यसका जटिलताहरु जस्तै निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले विरामीको मृत्यु समेत हुन सक्छ । खास गरेर यस रोगले कुपोषित बच्चाहरूको बढी मृत्यु गराउँछ ।

    दादुरा कसरी सर्दछ ?
    दादुराको भाइरस मानिसबाट मानिसमा मात्र सर्दछ । यो भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्वि हुने र श्वास नलि एवं अरु भित्रि अंगहरूमा संक्रमण गर्दछ । दादुरा रोग संक्रमण भएको व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।

    दादुराको लक्षण
    दादुरा रोगको पहिलो लक्ष्यण उच्च ज्वरो आउनु र शरीरमा राता विविरा देखा पर्नु प्रमुख लक्षण हुन् । रोगीसँग सम्पर्क भएको १०–१२ दिन पछि ज्वरो आउँछ । यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्री भागमा मसिना सेतो दाग देखा पर्दछन् । केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागमा केही उठेका बिमिरा देखा पर्दछन् ।

    यी बिमिरा करिव ३ दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन् । यी बिमिरा ५, ६ दिन सम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन् । सामान्यतया यो रोगको जीवाणु शरीरमा प्रवेश गरिसकेपछि यसको लक्षण देखिन १४ दिन (घटीमा ७ दिन र बढीमा १८ दिनसम्म) लाग्दछ ।


    दादुरा रोगको उपचार
    दादुरा रोग लागेपछि यसको खास उपचार छैन । दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुरा बिरुद्धको खोप लिनु नै हो । त्यसैले यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकाहरुलाई जन्मेको ९ र १५ महिनाको उमेरमा दादुरा खोपको दुई मात्रा लगाउनु पर्दछ । रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्काल लगी लक्षण अनुसार र जटिलताको उपचार गर्नु पर्दछ ।

    कमेन्ट गर्नुस्
    • admin
      admin

    advertisement
    advertisement
    खोप दादुरा-रुबेला
    admin
    • Website

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • admin
      admin

    Type above and press Enter to search. Press Esc to cancel.