
मुगु । केही वर्ष यता चैत्रमा फुल्ने लालीगुराँस माघ महिनामै ढकमक्क फुल्न थालेका छन् । जिल्लामा गुराँस फुल्ने मौसम फागुन अन्तिमदेखि चैत, वैशाखसम्म हो । एक दुई वर्षयताबाट माघ पहिलो सातादेखि वनभरि ढकमक्क फुल्न थालेका छन्।
पहिले पहिले चैत वैशाखमा फुल्ने गुराँस पछिल्ला केही वर्ष यता माघमै फुल्ने गरेको छायाँनाथ रारा नगरपालिका-१० का स्थानीय पदम बुढाले बताए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement


गुराँसजस्तै अन्य बोटविरुवामा पनि दुई महिना अगावै नयाँ पालुवा लाग्न थालेको स्थानीय बताउँछन् ।
चैतमा फुल्ने स्याउ पुसमा नै फुलेको र स–साना दानसमेत लागेको स्थानीय किसानहरु बताउँछन्। पहिलाका वर्षहका तुलनामा हिमपात नहुने वा भए पनि निकै कम हुने गरेको स्थानीयको भनाइ छ।

पहिला मंसिर पुसबाट हिमपात हुने गरेको भए पनि यो वर्ष निकै ढिलो गरेर छिटफुट मात्र हिउँ परेको छ।





