
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ विन्दुमा कायम भएको छ।
सेन्सेटिभ इण्डेक्स १.०२ प्रतिशतले घटेर ३७४.७५ विन्दुमा पुगेको छ। यसदिन ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँमा खरिदबिक्री भए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। समाज लघुवित्त वित्तीय र कुथेली बुखारी स्माल हाइड्रोपावरको सेयर सकारात्मक सर्किटलेभलमा कारोबार भएको हो।
आज एनआईसी एसिया ग्रोथ फण्ड २ का लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६२ करोड बढि मूल्यको सेयर कारोबार भयो।
यसैगरी एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको १२ करोड, हिमालयन डिस्टिलरीको ९ करोड, एनआईसी एसिया बैंकको ८ करोड र हाथवेको ८ हजार बढि मूल्यको सेयर कारोबार भयो।
तीन उपसमूहबाहेक अन्यको उपसमूहको सूचक नकारात्मक देखिएका छन्। डेभलपमेन्ट, हाइड्रो र म्यु्चुअल फण्डबाहेक अन्य १० उपसमूहको सूचक नकारात्मक देखिएका हुन्।
आइतबार कारोबारमा आएका ९१ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ८ को मूल्य स्थिर रह्यो।

