
डोल्पा । डोल्पाको जुफाल विमानस्थल बन्द गर्न सिफारिस गरिएको छ ।
ठुलिभेरी नगरपालिकाका नगर प्रमुख सुवर्ण बूढाको अध्यक्षतामा नागरिक उडड्यन प्राधिकरणको कार्यालय जुफालमा बसेको सरोकारवालाहरुको बैठकले विमानस्थल एक महिना बन्द गर्न सिफारिस गरेको हो ।
Advertisement

Advertisement
Advertisement

विमानस्थलको धावनमार्ग मर्मत गनुपर्ने भएको भन्दै फागुन १० गते देखि चैत्र १० गतेसम्म विमानस्थल बन्द गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण काठमाण्डौँलाइ सिफारिस गरिएको नगर प्रमुख बुढाले बताए ।
अहिले डोल्पासम्मको सडक मार्गको पहुँच पनि राम्रो भएकाले यात्रुहरुलाइ आवतजावत गर्न मर्का नपर्ने भएकोले धावनमार्ग मर्मतको काम थालनी गर्न लागिएको उनको भनाइ छ ।
डोल्पामा यातायातको छिटो छरितो र भरपर्दो माध्यामको रुपमा रहेको हवाइ यातायातनै रहेको छ ।
नागरिक उड्ययन प्राधिकरणको कार्यालय जुफालका प्रमुख अमित चौरासियाले धावनमार्ग मर्मत गर्न अत्यावश्यक भएकाले एक महिना बन्दको सिफारिस गरिएको बताए ।
धावनमार्गको कालोपत्रे एकरुपता नहुदाँ विमान अवतरणमा समस्या हुँदै आएको उनको भनाइ छ ।
एयरलाइन्स कम्पनीहरुले धावनमार्ग मर्मत गर्नका लागि पटक पटक सुझाव दिदै आएका थिए ।

