
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमति लिएको भन्दा बढी रुख कटान गरी भ्रष्टाचार गरेको आरोपमा वन अधिकृतहरु सहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमति भन्दा बढी काठ कटान गरी त्यसबाट भ्रष्टाचार गरेको दावी गर्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

आठ सयवटा रुख काट्ने क्रममा करिव १९ हजार क्यूफिटको बन पैदावर कम संकलन भएको अख्तियारको आरोप छ ।
अख्तियारले तत्कालिन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजन बल अधिकृत दुर्गा बहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्था समितिको कार्यान्वयन ईकाईका संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रम्हदेब महतो, रेञ्जर हेमराज पण्डित विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यसरी गैरकानूनी रुपमा काठ कटान गरेकाले राज्यकोषमा २९ लाख १२ हजार रुपैंया नोक्सानी भएको अख्तियारको दावी छ ।
अख्तियारले तत्कालीन सहायक वन अधिकृत शिव शंकर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाई, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेश कुमार थारु, सहायक वन अधिकृत नागेन्द्र प्रसाद सिंह राजपुत, फरेष्टरहरु रामरक्षा कुर्मी (चौधरी), रमतु चौधरी, वन रक्षकहरु सञ्जय थारु, सञ्जय केवट, रामगोपाल त्रिपाठी, बासुदेव गोडिया, तत्कालिन संयोजक जानकी प्रसाद यादव, गोरखा काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र ए आर काठदाउरा खरिद बिक्री सेन्टरका सञ्चालक गिता जी.सी. विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

