
कपिलवस्तु : कपिलवस्तुमा हत्या गरेर जमिनमा गाडिएको अवस्थामा बरामद शवको सनाखत भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टमको लागि राखिएको शवको मृतकका भाइले सनाखत गरेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

मृतक कपिलवस्तुको महाराजगन्ज नगरपालिका-६ भलवारीका २७ बर्षिय शिव कुमार कुर्मी रहेको कपिलवस्तुका एसपी नवरत्न पौडेलले जानकारी दिए ।
कपिलवस्तुमा नगरपालिका– ४ पिपरी गाउँ नजिकैको नहरको कुलोमा आइतबार साँझ शरीर जलाइएको र टाउको नभएको अवस्थामा युवकको शव फेला परेको थियो।
नजिकै घुमेर आउने भन्दै घरबाट निस्किएका कुर्मी गत शनिबार साँझ देखि सम्पर्कविहीन थिए। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

