Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुपन्देहीमा ३ लाख बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदैे
    प्रमुख समाचार

    रुपन्देहीमा ३ लाख बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदैे

    adminadmin२०८० फाल्गुन ९, बुधबार १६:१९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा : रुपन्देहीमा ९ महिनादेखि १५ वर्षमुनीका ३ लाख १४ हजार ७ सय ३८ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार फागुन १३ देखि १७ सम्म ९ वटा पालिका तथा फागुन २० देखि २४ गतेसम्म ७ पालिकामा गरी दुई चरणमा बालबालिकालाई खोप लगाइने भएको छ ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले पहिलो चरणमा बुटवल उपमहानगरपालिका, देवदह, तिलोत्तमा, लुम्बिनी साँस्कृतिक, सिद्धार्थनगर नगरपालिका, ओमसतिया, रोहिणी, सियारी र शुद्धोधन गाउँपालिकामा दादुरा–रुबेला विरुद्धको खोप लगाइने बताए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    त्यस्तै दोस्रो चरणमा सैनामैना नगरपालिका, गैडहवा, कञ्चन, सम्मरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकामा खोप लगाइने उनले जानकारी दिए ।

    ‘जिल्लाका ९ वटा पालिकामा फागुन १३ गते अभियान सुरु गर्ने योजना बनाएका छौं’, प्रमुख ढकालले भने, ‘यसका लागि स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गर्ने काम भइसकेको छ ।’

    नियमित खोप कार्यक्रममा छुट भएका बालबालिकालाई लक्षित गरी दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । ढकालका अनुसार दादुरा–रुबेला विरुद्धको खोपबाहेक अन्य खोप पनि नलगाएका बालबालिकालाई सोही अवधिमा लगाइनेछ ।

    जिल्लाका १६ स्थानीय तहमा १ हजार १ सय ११ खोप केन्द्रबाट खोप लगाइने ढकालले बताए । उनले यो अभियानमा २ हजार २ सय स्वास्थ्यकर्मी र ३ हजार ३ सय जना स्वयंसेवक खटिने जानकारी दिए ।

    जिल्लामा ३४ हजार ९ सय ३६ भायल एमआर भ्याक्सिन र ३ लाख ९१ हजार ५ सय ४ वटा सिरिञ्ज आवश्यक पर्ने उनले बताए ।

    खोप अभियान पूर्ण सफल बनाउन विभिन्न माध्यमबाट प्रचारप्रसार सुरु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत तथा सूचना अधिकारी भेषराज शर्माले बताए । कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले यो अभियान विद्यालय केन्द्रीत हुने जानकारी दिए ।

    नेपालले सन् २०२६ सम्ममा दादुरा–रुबेला निवारण गर्ने लक्ष्य लिएको छ ।

    कमेन्ट गर्नुस्
    • admin
      admin

    advertisement
    advertisement
    दादुरा–रुबेला विरुद्धको खोप स्वास्थ्य स्वास्थ्य कार्यालय रुपन्देही
    admin
    • Website

    सम्बन्धित सामग्री

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    ‘दसैंले राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउँछ’

    २०८३ कार्तिक १, शनिबार १२:४४ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • admin
      admin

    Type above and press Enter to search. Press Esc to cancel.