
परासी : पश्चिम नवलपरासीको जिल्ला सदरमुकाम परासीमा औद्योगिक व्यापार महोत्सव (मेला) को आयोजना गरिएको छ । उद्योग वाणिज्य संघ नवलपरासीको आयोजनामा हुने महोत्सव फागुन १६ देखि ३० गतेसम्म सञ्चालन हुने छ ।
बुधवार परासीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले व्यापार महोत्सवमा कृषि, पर्यटन र उद्योग क्षेत्रको प्रर्वद्धन गर्दे यस क्षेत्रको व्यापार प्रर्वद्धन गर्ने मुख्य उद्देश्य रहेको जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

महोत्सवले पुरातात्विक तथा ऐतिहासिक धार्मिक स्थल रामग्राम स्तुप, पण्डितपुर लगायत विभिन्न स्थलहरुको थप प्रर्वद्धनमा सहयोगी पुग्ने विश्वास लिईएको उनले बताए ।
महोत्सवमा सूचना प्रविधिको प्रदर्शनी, सहित यस क्षेत्रको विकास तथा व्यापार प्रर्वद्धनका सवालमा विभिन्न सेमिनार तथा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको संघका उपाध्यक्ष गिरीराज पाण्डेले बताए ।

