Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनीको लोकसेवा आयोगको विज्ञापनमा ७ संवैधानिक आयोगको आपत्ति, रद्द गर्न माग
    फोकस लुम्बिनी

    लुम्बिनीको लोकसेवा आयोगको विज्ञापनमा ७ संवैधानिक आयोगको आपत्ति, रद्द गर्न माग

    adminadmin२०८० फाल्गुन ९, बुधबार २३:०९ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं : लुम्बिनी प्रदेश लोक सेवा आयोगले कर्मचारी बढुवाको विज्ञापन समावेशी नभएको भन्दै सातवटा संवैधानिक आयोगले त्यसलाई रद्द गरी पुनः विज्ञापन गर्न माग गरेका छन् ।

    आयोगले २६ माघमा प्रकाशन गरेको र ३ फागुमा संशोधन गरेर पुनः प्रकाशित गरेको कर्मचारी बढुवासम्बन्धी विज्ञापन समावेशी सिद्धान्त अनुसार नभएको भन्दै राष्ट्रिय महिला आयोग दलित आयोग, समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगले विरोध जनाएका हुन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    लुम्बिनी प्रदेश लोकसेवा आयोगले खुला प्रतिस्पर्धामा स्वास्थ्य, इन्जिनियरिङ, कृषि, शिक्षा र विविध सेवामा गरी १७८ जना कर्मचारी माग गर्दा खुला प्रतिस्पर्धा र महिला आरक्षण मात्र दिएको छ । महिलालाई पनि जम्मा १९ पदमा आरक्षण दिएको छ ।

    त्यस्तै हेल्थ असिस्टेन्ट (स्वास्थ्य, हेल्थ इन्सपेक्सन) मा ज्येष्ठता कार्यसम्पादनबाट ५ जना र आन्तरिक प्रतिस्पर्धाबाट १८ जना बढुवाको विज्ञापन गर्दा संविधानले तोकेका कुनै पनि क्लस्टरमा आरक्षण दिइएको छैन ।

    सब इन्जिनियर (इन्जिनियरिङ, सिभिलमा) ज्येष्ठता र कार्यसम्पादनबाट २४ जना र कार्यक्षमता मूल्यांकनबाट ९ जना माग गर्दा पनि आरक्षण दिइएको छैन । ज्येष्ठता र कार्यसम्पादनबाट प्राविधिक सहायकमा ११ जना, पशु स्वास्थ्य प्राविधिकमा ४ जना, पशु सेवा प्राविधिकमा ३ जना र कम्प्युटर अपरेटरमा ४ जनाको बढुवाको सूचना निकाल्दा पनि आरक्षण दिइएको छैन ।

    बुधबार ७ संवैधानिक आयोगका अध्यक्षहरुले जारी गरेको विज्ञप्तिमा यो विज्ञापन नेपालको संविधानको धारा १८, ४२ र २२७ को प्रावधानविपरीत रहेको जनाइएको छ ।

    लुम्बिनी प्रदेश सरकारले बनाएको प्रदेश लोकसेवा आयोग ऐनको दफा ११ मा खस आर्य महिला १५ प्रतिशत, आदिवासी जनजाति १८ प्रतिशत, मधेशी १६ प्रतिशत, दलित (पहाडी र मधेशी) १५ प्रतिशत, थारू १४ प्रतिशत, विपन्न खस आर्य ७ प्रतिशत र मुस्लिम ७ प्रतिशत विशेष व्‍यवस्था रहने भनिएको छ । तर ३ फागुनमा प्रकाशित विज्ञापन उक्त ऐन अनुसार समावेशी नभएकले रद्द गर्न माग गरिएको थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले बताए ।

    उनले भने, ‘लुम्बिनी प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरिसकेको निजामती ऐनलाई लत्याएर यसरी स्थानीय तहमा मनपरी ढंगले विज्ञापन खुलाउनु लज्जास्पद हो ।’

    हेर्नुहोस् सात वटा समावेशी आयोगले निकालेको संयुक्त विज्ञप्ति :

    CamScanner 02-21-2024 17.09
    कमेन्ट गर्नुस्
    • admin
      admin

    advertisement
    advertisement
    लुम्बिनी प्रदेश लोक सेवा आयोग लोकसेवा आयोग संवैधानिक आयोग
    admin
    • Website

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • admin
      admin

    Type above and press Enter to search. Press Esc to cancel.