
काठमाडौं : अभिनेत्री रेखा थापाले अमेरिकामा छोरी जन्म दिएकी छिन् । रेखाले शुक्रबार सामाजिक सञ्जालमा छोरी र श्रीमान बलराम शाही ठकुरीसहितको फोटो पोस्ट गर्दै छोरी जन्मिएको जानकारी गराएकी हुन् ।
उनले लेखेकी छिन्, ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ ।’ सँगै उनले छोरीको नाम राखेकी छिन्, ‘वैभवी राज्यलक्ष्मी शाही ठकुरी ।
Advertisement

Advertisement
Advertisement

रेखाले छोरीलाई अमेरिकास्थित कोलोराडो स्प्रीङ्गसमा जन्म दिएकी हुन् । गत वर्ष प्रेमी बलराम शाहीसँग वैवाहिक जीवनमा बाँधिएकी केही समय अघिमात्र अमेरिका प्रस्थान गरेकी थिइन् ।
रेखाको चलचित्र ‘उपहार’रिलिजको संघारमा रहेकै बेला उनले छोरीलाई जन्म दिएकी हुन। उनको चलचित्र ‘उपहार’ यहीँ फागुन २५ गते रिलिज हुँदैछ ।
कमेन्ट गर्नुस्

