
भारत । प्रसिद्ध भारतीय गायिका आशा भोसलेको आइतबार निधन भएको छ। अत्याधिक थकान र छातीमा सङ्क्रमणको समस्या देखिएपछि शनिबार मुम्बईस्थित ब्रिच क्याण्डी हस्पिटल अस्पताल भर्ना गरिएकी भोसले उपचारको क्रममा आइतबार ९२ वर्षको उमेरमा निधन भएको हो ।
भारतीय संगीत क्षेत्रमा उनी एक ठूलो व्यक्तित्वका रूपमा चिनिन्थिन् र पाश्र्व गायिकाको रूपमा उनले धेरै स्मरणीय गीतहरू दिएकी थिइन्।
Advertisement

Advertisement
Advertisement

सयौँ नेपाली गीतहरुमा स्वर दिएकी भोसलेले आफ्नो करियरमा १२ हजारभन्दा बढी गीतहरु गाइसकेकी छन्। ७ दशकभन्दा बढी लामो करिअरमा उनले विभिन्न भाषा र शैलीमा हजारौं गीत गाइन। उनका ‘दम मारो दम’, ‘पिया तू अब तो आजा’ र ‘चुरा लिया है तुमने’ जस्ता गीतहरू आज पनि सदाबहार छन् ।
त्यस्तै उनले गाएको ‘मोहनी लाग्ला है’, ‘पहाडको माथी माथी’, ‘किन बढ्दैछ ढुकढुकी’, ‘एउटा मान्छे मनपर्छ’, ‘म प्यार बेचिदिन्छु’, ‘तिम्रो मनमा लुकेको कुरा’, आदि जस्ता दर्जनौँ नेपाली गीतहरु पनि सदाबहार छन।
८ सेप्टेम्बर १९३३ मा जन्मिएकी आशा भोसलेले १९४३ मा १० वर्षको उमेरमै गीत गाउन सुरु गरेकी थिइन्। उनले मोहम्मद रफी, मुकेश, किशोर कुमारदेखि बॉय जर्ज र आदित्य नारायणसम्मका गायकहरुसँग पनि गीत गाएकी छन्।

