
काठमाडौं : निर्वाचन आयोगले इलाम-२ र बझाङ-१ (१) को उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन कार्यतालिकाअनुसार चैत २४ गते उम्मेदवारी दर्ता हुने आयोगले जनाएको छ।
आयोगले सो क्षेत्रका लागि वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो। उपनिर्वाचन तयारीका लागि फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले फागुन २४ गते देखि ३० गतेसम्म दल दर्ता गर्ने समय छुट्याएको छ। चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चैत २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने आयोगले जनाएको छ।
त्यस्तै चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिने आयोगले जनाएको छ।
त्यस्तै चैत २८ गतेदेखि वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहने र वैशाख १५ गते विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए।

