
भैरहवा : भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको सामग्री रुपन्देही प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी मेउडिहवा, प्रहरी चौकी मैनिहवा र प्रहरी बिट बसपार्कबाट खटिएको टोलीले विभिन्न स्थानबाट भित्राइएको विभिन्न साम्रगी बरामद गरेको हो ।
Advertisement

Advertisement
Advertisement

बरामद गरिएको सामानमा प्याज ३ बोरा, चिनी २ बोरा, रेगजिन जुत्ताको वोडी ८ सय पिस, कृषिमा प्रयोग हुने औषधी २० कार्टुन, जुत्ता २ सय १२ पिस, झुल ४४ पिस, साबुन र सेम्फु ६ कार्टुन, कोलकेट र ब्रस १ सय कार्टुन रहेको रुपन्देही प्रहरीले जनाएको छ ।
बरामद साम्रगी करिब २ लाख ८२ हजार मूल्य बराबरको रहेको र आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।
कमेन्ट गर्नुस्

