
भैरहवा : रुपन्देहीको भैरहवामा होटल ल्याण्डमार्क सञ्चालनमा आएको छ । पचास करोड रुपैयाँको लगानीमा सिद्धार्थनगर नगरपालिका ३ स्थित सिंगापुर कलोनीमा होटल संचालनमा आएको हो । भैरहवाका युवा व्यवसायी आशा गुरुङको लगानीमा निर्माण भएको होटलको सम्राट ग्रुपले व्यवस्थापन गरेको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा आउने विदेशी पर्यटकका साथै भारतबाट आउने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याइएको प्रमुख कार्यकारी अधिकृत सी एन पाण्डेले बताए । १० कठ्ठा क्षेत्रफलमा फैलिएको होटल अगामी दिनमा १ विघा क्षेत्रफलमा १० हजार स्वायरफुटको पार्टी र सेमिनार हलको सुविधा समेत प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार होटलमा हाल डिलक्स, सुपर डिलक्स, फ्यामली र जुनियर स्वीट गरी ५० कोठा छन् । होटलमा कोटियार्ड लायञ्ज, स्वीमिङ पुल, रुफटप बार पनि रहेको छ।
ल्याण्डमार्कको एकमात्र उद्देश्य पाहुनाहरुका लागि उत्कृष्ट सेवा दिने रहेको बताउँदै उनले पर्यटकको रूची पूरा गर्न जुनसुकै समयमा पनि ल्याण्डमार्क भैरहवा, पोखरा, काठमाडौं र पोखरा प्रतिवद्ध रहेको बताए । उनले सेवाको गुणस्तरमा कहिल्यै कुनै सम्झौता नहुने समेत बताए ।
होटलमा आउने पाहुनाका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा बेलहिया नाकाबाट आउने र जाने यातायातको सुविधा समेत उपलब्ध गराएका छौं, उनले भने ।

