
काठमाण्डौँ । नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतको सत्ता गठबन्धन अन्ततः भत्किएको छ। गठबन्धन भत्किएसँगै नेकपा एमाले र माओवादी केन्द्र लगायत दलको नयाँ समीकरणको सरकार बन्ने लगभग पक्का भएको छ।
गत वर्ष १० पुसमा नेकपा एमाले र माओवादी केन्द्रको बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्ने बताइएको छ ।
Advertisement

Advertisement
Advertisement

नयाँ समिकरणका लागि लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको छ ।
यता सोमबार बिहान बसेको रास्वपाको बैठकले नयाँ समिकरणका लागि सबै निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आजै मन्त्रीमण्डल पुनर्गठन गर्दैछन्।

