
भैरहवा : मेटा कम्पनी मातहतको समाजिक संजाल फेसबुक, म्यासेन्जर र ईन्स्टाग्रामको लगईनमा समस्या देखिएको छ ।
केही समय अघि देखि यी तीनवटै एकाएक आफै लगआउट भएको थियो । त्यसपश्चात लगईनमा समस्या देखिएको छ ।
Advertisement

Advertisement
Advertisement

समस्या देखिएपछि विश्वभरका फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताले गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् । तर, मेटाकै ह्वाट्सएपमा भने कुनै समस्या देखिएको छैन ।
फेसबुकको आन्तरिक श्रोतलाई उधृत गर्दै डेलीमेलले जनाए अनुसार यसअघि कम्पनीको आन्तरिक प्रणालीहरु पनि अबरुद्ध भएका थिए र सोही कारण विश्वभर नै मेटाका सोसल मिडिया प्लाटफर्महरु डाउन भएका हुन् ।
कमेन्ट गर्नुस्

