
भैरहवा : रुपन्देहीका हाटीबनगाई प्रहरी चौकी नयाँ भवनमा सरेको छ । १ करोड ८२ लाख ६७ हजार ८० रुपैयाको लागतमा भवन निर्माण भएको हो ।
प्रहरी चौकीको आधारभूत आवश्यकताहरुलाई पुरा गर्ने गरि भवनमा कार्यालय कोठा, महिला र पुरुष थुनुवाका अलग अलग कोठा, प्रहरी कर्मचारीहरुको व्यारेक, कार्यालय प्रमुखको निवास सहित संचार शाखाको कार्यालय एवम ब्यारेकको प्रयोजनको लागी निर्माण गरिएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

महिला कर्मचारीहरुको लागी छुट्टै एट्याच बाथरुम सहितको ब्यारेक शौचालय तथा स्नान घरको निर्माण समेत भएको छ ।
भवनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री पाण्डेयले प्रहरी चौकीहरुको लागि आवश्यक पर्ने सम्पूर्ण न्यूनतम मापदण्डहरु पुरा गरि बनेको चौकीबाट प्रहरीलाई जनताले प्रत्याभूत गर्ने गरि काम गर्न निर्देशन दिए ।
उनले समाजमा शान्ती सुरक्षा कायम राख्न प्रहरीको एकल प्रयासले मात्र सम्भव हुने नहुदा नागरिकहरुले पनि सहकार्य गर्न आवश्यक रहेको बताए ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डिआइजी) कुबेर कडायतले प्रहरी आफ्नो चिन्ता नभई अर्काको चिन्ता लिएर काम गर्न सक्ने हुनुपर्ने बताए ।
प्रहरीले चिन्तामुक्त अवस्थामा काम गर्ने वातावरण हुनुपर्ने उनको भनाई थियो । आम नागरिकको सेवाको सिलसिलामा प्रहरी व्यवसायीक दृष्टिले सुन्दर हुनुपर्ने बताए । प्रहरी कर्मचारीले मान्छे कमाउन नजाने सम्म अपराध अनुसन्धान सफल हुन नसक्ने उनले बताए ।
भवन उदघाटन कार्यक्रममा प्रदेश सभा सदस्य वसिउद्दिन खाँन, पूर्वराज्य मन्त्री ओमप्रकाश यादव (गुल्जारी) लगायतको उपस्थिति रहेको थियो ।

