


भैरहवा : नेपाल प्रहरीका दुई जना अतिरिक्त महानिरीक्षकद्धय (एआईजी) मीरा चौधरी र सन्दीप भण्डारी अनिवार्य अवकाशमा जाने भएका छन्।
उमेरहदका कारण दुवै एआईजी अवकाशमा जान लागेका हुन् । प्रहरी निरीक्षक पदबाट वि.स २०५१ साल चैत ५ गते प्रहरी सेवा सुरु गरेका दुवै जना एकसाथ अवकाश हुन लागेका हुन् । प्रहरी नियमावली अनुसार एआईजीको पदावधि ५ वर्ष रहेको छ भने उमेरहदका आधारमा ५६ वर्षमा अवकाश तोकिएको छ।

एआईजी भण्डारीको जन्म २०२५ वैशाख ५ गते र चौधरीको २०२५ वैशाख ७ गते हो । र, उनीहरु अगामी बैशाख ५ गते र ७ गत अवकाशमा जानेछन् ।
हाल एआईजी भण्डारी प्रहरी प्रतिष्ठान प्रमुखको रुपमा कार्यरत छन् भने चौधरी प्रहरी प्रशासन विभागमा कार्यरत छिन् ।

