
भैरहवा : भारतबाट भन्सार छली गरी भित्राइएको विभिन्न साम्रगी प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले जिल्लाको रोहिणी गाउँपालिका–३ स्थित धकधईबाट करिब दुईलाख मूल्य बराबरको विभिन्न साम्रगी बरामद गरेको रुपन्देही प्रहरीका सूचना अधिकारी एवं डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनका अनुसार पिच्कारी २३० थान, बच्चाको जुत्ता र चप्पल ३२ जोर, जेन्स जुत्ता १३७ जोर, टिसर्ट ३५ थान, रंग १९ प्याकेट र बेलुन १५ प्याकेट साम्रगी बरामद भएको हो ।
बरामद गरिएका साम्रगीहरु भैरहवा भन्सार कार्यालयमा बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

