
भैरहवा : भैैरहवा भन्सार कार्यालयले टुथपेस्टले भरिएको ट्रक बेलहिया नाकाबाट नियन्त्रणमा लिएको छ ।
भारतीय नम्बरको ट्रकमा युनिलिभर कम्पनीको दुई सय नब्बे कार्टुन टुथपेस्ट विना कागजपत्र नेपालबाट भारत जान लागेको सूचना प्राप्त भएपछि ट्रकलाई नाका (भन्सार गेट) बाट नियन्त्रणमा लिईएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए । उनले ट्रकका चालक फरार भएकोले खोजीकार्य भईरहेको बताए ।
Advertisement

Advertisement
Advertisement

बरामद टुथपेस्ट अन्दाजी २० लाख रुपैयाँ मूल्य बराबरको रहेको र घटनाको अनुुसन्धान भईरहेको भन्सार कार्यालयले जनाएको छ ।
‘नेपालको कहाँबाट आएको र विना कागजपत्र भारतको कुन ठाउँमा जाँदै थियो ? कसले निर्यात गर्दै थियो ? लगायत विषय अहिले खुलेको छैन’ उनले अन्नपूर्ण पोष्टसगँ भने, ट्रक र साम्रगी नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेका छौँ, थप विषयहरु खुल्दै जानेछन् ।’

