
काठमाण्डौँ । सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा–१० स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत रामचन्द्र अर्याल छन् ।
Advertisement

Advertisement
Advertisement

काभ्रे प्रहरीको अनुरोधमा उनलाई बुधबार पक्राउ गरिएको र सोही दिन काभ्रे प्रहरीलाई हस्तान्तरण गरिएको मकवानपुरका एसपी सीताराम रिजालले जानकारी दिए ।
अर्याल यातायात कार्यालय काठमाडौं, ठूलो भर्याङबाट सरुवा भएर प्रदेशसभा सचिवालयमा आएका थिए । उनलाई सचिवालयबाटै पक्राउ गरिएको हो ।
उनले काभ्रे प्रशासनमा नासुको रुपमा कार्यरत रहँदा सुन तस्करीमा संलग्न चिनियाँ नागरिकहरु दावा छिरिङ र दावावाजिन वाङलाई वंशजको नागरिकता दिलाएको आरोप छ ।
यी दुवै व्यक्ति हाल पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन् ।

