


भैरहवा : पश्चिम नवलपरासी प्रहरीले भन्सार छली गरेर भित्राईएको कपडा बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले बा.प्र. ०३-००१ ख २६४८ नम्बरको बसमा लुकाएर ल्याएको अवस्थामा सुनवलबाट सात लाख मूल्य बराबरको १४ बोरा कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।

उनले कपडा तस्करीको सूचनाको आधारमा बस चेकजाँच गर्दा कपडा बरामद भएको जानकारी दिए । बरामद कपडा महेशपुर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्
