Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रोहिणीमा कुपोषित बालबालिकादाई पोषिलो आहार
    मेन स्टोरी

    रोहिणीमा कुपोषित बालबालिकादाई पोषिलो आहार

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० चैत्र १९, सोमबार १४:५२ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १९ चैत । रुपन्देहीको रोहिणी गाउँपालिकामा फेला परेका कुपोषित बालबालिकालाई पोषिलो आहार वितरण गरिएको छ । पालिकाको ३२ स्थानमा स्क्रिनिङ क्याम्प मार्फत २ हजार ४ सय ४२ जना बालबालिकाहरु स्वास्थ्य परिक्षण गरिएको थियो । जसमध्ये १० जना बालबालिकाहरुमा कडा खालका कुपोषण पाइएको सामाजिक विकास परिचालक सन्तोष पन्थीले जानकारी दिए ।

    विगत दुई महिनादेखि सञ्चालित कार्यक्रम अन्र्तगत मध्यम कुपोषित बालबालिका र सिघ्र कडा खालका कुपोषित बालबालिकालाई नाप जाँच गराएर बालबालिकाको अवस्था अनुसार पोषिलो आहार वितरण गरिएको उनले बताए । सेतो गुराँस बाल विकास सेवा रुपन्देहीकी कार्यक्रम संयोजक मिनु पुनले कुपोषणको अवस्था नाजुक भएका रुपन्देही जिल्लाका मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी, रोहिणी र गैडहवा गाउँपालिका ‘पोषणमार्फत जीवन रुपान्तरण’ कार्यक्रम सञ्चालन भएको बताइन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सेतो गुराँस बालविकासद्वारा सञ्चालन भएको छ । जसलाई हेलन केलर इन्टरनेशनलले सहयोग गरिरहेको छ । पुनले भनिन्, ‘पालिका तहमा सरोकारवालासँग बैठक बसेर पोषणमार्फत जीवन रुपान्तरण गर्ने भनेर ६ वटा गाउँपालिका २ सय ५२ ठाउँमा स्क्रिनिङ क्याम्प गर्यौं । पाखुराको मध्यभागमा मार्क गरी त्यो बालबालिका हरियोमा छ भने एकदमै राम्रो छ पहेलोमा छ भने मध्यम शिघ्र कुपोषणको अवस्था छ । रातोमा छ भने कडा शिघ्र कुपोषणमा छ भन्ने हुन्छ ।’

    रुपन्देहीको ६ वटा गाउँपालिका २ सय ५२ स्थानमा चेकजाँच गरिएको र १९३ स्थानमा छुटेका बालबालिकालाई घरमै गएर नापजाँच गर्ने पुनले बताइन ।रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बालबालिकालाई पहिचान गरी कुपोषित बालबालिकालाई सहयोग गर्नु धेरै राम्रो भएको बताए । गाउँमा अझै पनि कुपोषित बालबालिका छन् भन्न डराउन नहुने उनले बताए । स्वास्थ्यका लागि सबैले ख्याल गर्नुपर्ने बताउँदै अध्यक्ष यादवले समाज उत्थानको लागि धेरै राम्रो कार्यक्रम भएको बताए ।

    सेतो गुराँस बाल विकास सेवाकी कार्यकारी निर्देशक सुमित्रा शर्माले कुपोषणको जोखिमबाट मुक्त गर्नका लागि कार्यक्रम आएको बताउँदै बेल्जीयमबाट आएको पोषण बजारमा किन्न समेत पाउन नसकिने हुँदा अन्य कसैले प्रयोग नगर्नका लागि उनले आग्रह गरिन् । कार्यक्रममा बालबालिकालाई खुवाउने तरिकाका बारेमा तथ्यांक अधिकृत जितेन्द्र कोहारले बताएका थिए । रोहिणी गाउँपालिका वडा नम्बर २ स्थित पोखरभिण्डी स्वास्थ्य चौकीका प्रमुख तारा प्रसाद गैरेको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कुपोषण रोहिणी गाउँपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.