
भैरहवा, चैत १८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहिवार (चैत २२ गते) विश्वासको मत लिने भएका छन् । मंगलबार बसेका मन्त्रीपरिषदको बैठकले विश्वासको मत प्राप्तीका लागि बिहिवार अपरान्ह ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको लम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेयले बताए ।
केन्द्रमा नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्रको गठबन्धन भत्किएर नेकपा एमाले–नेकपा माओवादी केन्द्र लगायतको गठबन्धन बने सँगै लुम्बिनीमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
यससँगै लुम्बिनी प्रदेशमा पनि नयाँ गठबन्धनका लागि कसरत सुरु भएको थियो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

दुई वटा दुई भन्दा बढी दल मिलेर बनेको सरकारमा सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही अनुसार मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन् ।
लुम्बिनीमा कुल ८७ जना प्रदेश सांसद छन् । लुम्बिनीमा नयाँ गठबन्धन बनाउनका लागि ४४ सांसदको समर्थन आवश्यक हुन्छ । केन्द्रमा सत्ता समिकरण अनुसार लुम्बिनीमा नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका ११ र जसपाको तीन, नेकपा एकीकृत समाजवादीको एक सांसद छन् । यी चार दलको सांसद संख्या जोड गर्दा संख्या ४४ पुग्छ । केन्द्रमा सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भएपनि लुम्बिनीमा उपस्थिती भने छैन ।
साना दलमध्ये नागरिक उन्मुक्ति पार्टीका चार , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार (एक जना निलम्बित), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तीन, जनमत पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक–एक जना सांसद छन् । यी सानादल मध्ये अधिकांश दलका नेता पनि नयाँ गठबन्धनमा जानका लागि ललायित छन् ।

