

भैरहवा, २२ चैत । रुपन्देहीको रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ । सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।
उनले भने, ‘गाउँपालिकामा देखिने गरी विकास निर्माणका कार्य भएका छन् । जनतासँग सल्लाह सुझाव लिएर अघि बढेका छौं । हामीसँग जनताको अपेक्षा धेरै छ ।’ उनले शिक्षा क्षेत्रको विकास बिना समग्र विकास हुन नसक्ने भएकाले शैक्षिक गुणस्तर सुधारका निम्ति लागिपरेको बताए ।
Advertisement

Advertisement
Advertisement
गाउँपालिकाको उपाध्यक्ष शिवकान्ति हरिजनले विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताइन् । उनले भनिन्, ‘काम गर्ने क्रममा केही कमीकमजोरी हुन सक्छन् । ती कमीकमजोरीलाई हटाउँदै जानुपर्छ ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभाका सचिव श्री प्रसाद गौतमले विकासे बजेटलाई जोडतोडका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले आफूले निर्वाह गर्नुपर्ने कर्तव्य र दायित्वमा ध्यान दिनुपर्ने बताए । रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीको स्वागत तथा गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
१४ औं गाउँसभाले कार्यविधि आर्थिक वर्ष ०८०/०८१ को १३ औं गाउँसभाबाट पारित योजना कार्यक्रम संशोधन गरी योजना/कार्यक्रम तथा बजेट थपघट एवं रकमान्तर गरी करार शिक्षकहरुको तलब व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले बताए ।त्यस्तै गाउँसभाले गत आर्थिक वर्ष तथा दोस्रो चौमासिकको बजेट कार्यान्यवनको प्रगतिको समीक्षा समेत गरेको गौतमले जानकारी दिए ।





