
भैरहवा, २२ चैत ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै चौधरीले आफनो पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
केन्द्रमा सत्ता परिवर्तन भएपछि लुम्बिनीमा पनि नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपछि चौधरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । प्रदेशसभाको बिहिवार कार्यसूची अनुसार उनले विश्वासको मतको प्रस्ताव राख्नुपर्ने थियो । तर, सरकार टिकाउनका लागि बहुमत पुग्ने सम्भावना नदेखिएपछि उनले सम्बोधनको क्रममा राजीनामाको घोषणा गरेका हुन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

मुख्यमन्त्री चौधरीले राजीनामाको घोषणा गरेसँगै लुम्बिनी प्रदेशमा एमाले–माओवादी गठबन्धनबाट सरकारमा माओवादीको संसदीय दलको नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने सम्भावना छ ।

