
भैरहवा, २५ चैत । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबहादुर महराले सपथ ग्रहण गरेका छन्। उनी सहित तीनजना प्रदेशसभा सदस्यले पनि विभा विभागीय मन्त्रीको सपथ लिएका हुन् । नेकपा (माओवादी केन्द्र) बाट महरा मुख्यमन्त्री बनेका हुन् ।
तीनजना मन्त्रीमा अर्घाखाँची १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य एमालेका चेतनारायण आचार्य, रोल्पा १(२) बाट निर्वाचित माओवादी केन्द्रका दिपेन्द्रकुमार पुन र बाँके २(१) बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का भण्डारी लाल अहिरले सपथ लिएका हुन्। जसपाका अहिर यसअघि कृषि मन्त्री र एमालेका आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री थिए।
Advertisement

Advertisement
Advertisement

लुम्बिनी सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि डिल्लीबहादुर चौधरीको नेतृत्वको सरकार ढलेको थियो । बहुमत सहितको विश्वास मत पाउने समभावना नदेखिएपछि चौधरीले राजीनामा दिएका थिए । नयाँ सत्ता समिकरणबाट मुख्यमन्त्री बनेका माओवादी केन्द्रका महरालाई एमाले, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेशसभा सदस्यले समर्थन दिएका छन्।

