

भैरहवा, ५ बैशाख । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगरिएका हातहतियार कार्यालयमा बुझाउनका लागि सूचना जारी गरेको छ।
साथै कतिपय इजाजत प्राप्त धनीले तोकिएको म्यादभित्र हतियार नवीकरण नगरेकोले ३५ दिनभित्र नवीकरण गर्न समेत कार्यालयले आग्रह गरेको छ।
Advertisement

Advertisement
Advertisement
‘इजाजत लिएर हातहतियार राखेको तर कतिपयले म्यादभित्र नवीकरण नगरेको कार्यालयको अभिलेखबाट देखिएपछि नवीकरण गर्न र हतियार बुझाउनका लागि सूचना जारी गरेका छौँ’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ‘अटेर गरेमा कारबाही गर्छौं।’





