
भैरहवा, ५ बैशाख । नेपालबाट ठुलो परिमाणमा भारत लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीले गाँजासहित कन्टेनर नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सशस्त्रको नम्बर २७ गणका एसपी आनन्द थापा मगरको कमाण्डमा खटिएको टोलीले झण्डै तीन क्विन्टल गाँजा बरामद गरेको हो। साथै, भारत पञ्जाबका ३६ वर्षीय कन्टेनर चालक सतनाम सिंहलाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

भारतको युपी ७८ बीटी ८२९७ नम्बर प्लेटको कन्टेनर चितवनबाट भैरहवाको बेलहिया नाका हुँदै भारत जान लागेको अवस्थामा मंगलबार बिहान रोहिणी गाउँपालिका-१ बाइपास इलाकामा चेकजाँच गर्दा चालकको सिटमाथि फल्स बटम बनाएर लुकाएर लैजान लागिएको दुई क्विन्टल ७२ किलो बढी गाँजा बरामद गरिएको सशस्त्र प्रहरी नम्बर २७ गणका एसपी आनन्द थापा मगरले जानकारी दिए।
उनले नियन्त्रणमा लिइएको गाँजा, चालक र कन्टेनर आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको जानकारी दिए।

