
भैरहवा, ६ बैशाख । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ ।
मुख्यमन्त्री जोखबहादुर महाराले बिहीबार एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट विना विभागीय एक मन्त्री थप गरी मन्त्रिपरिषद विस्तार गरेका हुन् । यससँगै महाराको मन्त्रिपरिषद १० सदस्यीय भएको छ । सबै ६ जनाले आज साँझ ५ बजे विना विभागीय मन्त्रीको शपथ लिने तयारी रहेको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

यस अघिको मन्त्रिपरिषदमा एमालेका चेतनाथ आचार्य, आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, जपसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री बनाइएको थियो ।


