Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » नागरिकलाई साथमा लिएर कार्यसम्पादन थप उत्कृष्ट बनाउँदै लैजान्छौंः डीआईजी खत्री
    प्रमुख समाचार

    नागरिकलाई साथमा लिएर कार्यसम्पादन थप उत्कृष्ट बनाउँदै लैजान्छौंः डीआईजी खत्री

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ बैशाख ३०, आईतवार १७:०० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ३० बैशाख । सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) अभिकुमार खत्रीले आमनागरिकलाई साथमा लिएर कार्यसम्पादनलाई थप उत्कृष्ट बनाउँदै लैजाने बताएका छन् ।

    सशस्त्रका हरेक गतिविधिमा अहिलेसम्म आमनागरिकको साथ र सहयोग पाइरहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पनि सबैको सहकार्यमा कार्यसम्पादनलाई प्रधावकारी बनाउने उल्लेख गरे ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा., रुपन्देहीको १७ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित विशेष समारोहमा बोल्दै डीआईजी खत्रीले भने, ‘हामीलाई नागरिकको साथ र सहयोग अपरिहार्य हुन्छ । नागरिकको कुनै पनि साथ र सहयोग नभए हाम्रो उपस्थिति अथवा हाम्रो कार्यसम्पादनले खासै अर्थ राख्दैन । त्यसैले हामीसँग हातेमालो गरेर अघि बढ्न सबैमा आग्रह गर्छु । सशस्त्र प्रहरी आमनागरिकसँगै साथमा छ ।’

    उनले नागरिकले तिरेको करबाट संकलित राजस्व (उठेको रकम) बाट सेवा लिएर सेवा प्रदान गरिरहेकाले सबै नागरिकप्रति जवाफदेही हुने विश्वास दिलाए । ‘हामीले लगाउने पोशाक र हामीसँग भएका साधनस्रोत सम्पूर्णमा आम नागरिकको योगदान र लगानी छ । त्यसैले सशस्त्र प्रहरी कर्मचारीहरु यो कुरा गम्भिरताका साथ बुझ्नुपर्छ ।’ उनले नं. २७ गणबाट अहिलेसम्म राम्रो कार्यसम्पादन भएको भन्दै अझ उत्कृष्ट कार्य गर्दै जान आग्रह गरे ।

    आफ्नो कर्तव्यमा अनुशासित, लगनशील र मिहिनेतका साथ कार्य गर्न उनले मातहत सशस्त्र प्रहरी कर्मचारीलाई निर्देश्न दिए । डीआईजी खत्रीले आगामी दिनमा पनि सबैको साथ, सहयोग र सहकार्यको अपेक्षा गर्दै निरन्तर नागरिकसँग रहने विश्वास दिलाए । ‘आजसम्म सबैको साथ सहयोगले यो गणले यहाँहरुको अपेक्षाअनुसार कार्यसम्पादन गरेको मैले महसुस गरेको छु । यसलाई अझै राम्रो बनाउँदै जानेछौं’, उनले भने ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले शान्ति सुरक्षा कायम राख्न सशस्त्र प्रहरी बलको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । ‘रातदिन नभनी सशस्त्र सीमाको रक्षाका लागि खटिएको छ । यसका साथै आमनागरिकको सेवा र सुरक्षामा पनि उस्तै योगदान छ’, उनले भने । खाँले अझै पनि सशस्त्र प्रहरी साधनस्रोत सम्पन्न हुन नसकेको भन्दै सरकारले साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिए । स्थानीय तहले गर्न पर्ने सबै किसिमका सहयोग र सहकार्य गर्ने उनको भनाई छ ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीमा क्षेत्रमा सशस्त्र प्रहरीले गर्दै आएको योगदान उत्कृष्ट रहेको बताए । उनले आगामी दिनमा पनि उत्कृष्ट कार्यसम्पादन गर्न आग्रह गरे । ‘राज्यले यहाँहरुको उत्कृष्ट कार्यसम्पादन र भूमिकालाई सम्मान गरेको छ । यो संस्थाले आफूलाई अब्बल सावित गरेको छ । आउँदा दिनमा अझै प्रभावकारी काम गर्नुपर्छ’, उनले भने ।

    सशस्त्र प्रहरी बल, नेपाल नं.२७ गण हे.क्वा.रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक गणपति (एसपी) आनन्द थापा मगरले संगठनको क्रियाशिलतामा आगामी दिनमा पनि कुनै कमी आउन नदिने दृढता व्यक्त गरे । ‘हामी आजको रात जागे भने मात्र नागरिक ढुक्कसँग सुत्न पाउँछन् भन्ने मान्यताका साथ अघि बढेको छौं । नागरिकमा आउने हासो र छाउने खुसी नै हामी अमूल्य सम्पत्तिको रुपमा लिएका छौं’, उनले भने ।

    वार्षिकोत्सव समारोहका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयी सशस्त्र प्रहरी कर्मचारीहरु, उत्कृष्ट कार्य गर्ने र शहीद परिवार तथा यो वर्ष गणबाट अवकाश प्राप्त हुने सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    सशस्त्र प्रहरी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.