Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सिद्धार्थनगर–५ मा सेनेटरी प्याड बनाउन सिक्दै किशोरीहरु
    प्रमुख समाचार

    सिद्धार्थनगर–५ मा सेनेटरी प्याड बनाउन सिक्दै किशोरीहरु

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ जेष्ठ १३, आईतवार १४:५६ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १३ जेठ । सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ५ कार्यालयको आयोजना सेनेटरी प्याड सम्बन्धि तालिम सुरु भएको छ । किशोरी/महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सेनेटरी प्याड सम्बन्धि तालिमको आयोजना गरिएको हो ।

    वडा नम्बर ५ को कार्यालयमा आइतबार एक कार्यक्रमका बीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले तालिमको उद्घाटन गरे । तालिममा वडाका २५ जना किशोरी तथा महिलाहरुको सहभागिता रहेको छ । तालिममा सहभागीहरुलाई जेठ १३ देखि जेठ १९ गतेसम्म सेनेटरी प्याड बनाउन सिकाइनेछ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नगर प्रमुख खाँले तालिममा सहभागीहरुलाई गम्भिरताका साथ तालिम लिई अन्यलाई पनि सिकाउने गरी तालिम लिन आग्रह गरे । उनले तालिम मार्फत सिकेको सीपलाई अन्यलाई पनि सिकाए थप उपयोगी हुने बताए । ‘तालिममा सिकेको सीप अरुलाई पनि सिकाउनुहोला । तपाईहरुले सिकेको कुरा अरुलाई पनि सिकाए यो तालिम निकै उपयोगी हुने विश्वास लिएको छु’, उनले भने । स्वास्थ्य क्षेत्रमा सिद्धार्थनगरले निकै फलदायी कार्यक्रमहरु गर्दै आइरहेको विषय उल्लेख गर्दै उनले स्वास्थ्य प्रति सेचत र सजग रहन नगरवासीमा आग्रह गरे ।

    सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बजारमा उपलब्ध केमिकलयुक्त प्याड भन्दा तालिममा प्राप्त सीप अनुसार बनाइएको प्याड निकै उपयोगी हुने बताइन् । ‘आज पनि हामीले खरिद गरेको प्याड लुकाएर लैजाने गरेका छौँ । प्याड कुनै लुकाउनु पर्ने वस्तु होइन,’ उनले भनिन्, ‘किशोरी/महिलाहरु खुलेर अगाडी आउनुपर्छ ।स्वास्थ्य सम्बन्धी कुनै समस्या छ लुकाएर हुदैन । खुलेर छलफल गर्नका लागि गाउँटोलमा हाम्रो स्वयंसेविकाहरु हुनुहुन्छ, स्वास्थ्य चौकीहरु छन् । सम्पर्क गर्नुपर्छ ।’

    वडा नम्बर ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायले सफलताको लागि निरन्तरता दिन आग्रह गर्दै आयोजना गरिएको कार्यक्रमले धेरै किशोरी/महिलाहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । कार्यक्रमको अध्यक्ष एवं वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले किशोरी/महिलाहरुको स्वास्थ्यप्रति वडा कार्यालय संवेदनशील रहेको उल्लेख गर्दै वडाले आधारभु्त स्वास्थ्य केन्द्र, खोप केन्द्र लगायत स्थापना गरी संचालनमा ल्याएको बताए ।

    उनले सीपको प्राप्तीका लागि सूचना अनुसार स्वतस्र्फूत रुपमा वडावासी आउनुपर्नेमा बोलाएर सेवा दिनुपरेको र यसको अन्त्यका लागि आफ्नै वडा कार्यालयमा वडावासीहरु समय समय आएर सुझाव/सल्लाह दिन आग्रह गरे । वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठको अध्यक्षता, वडा सदस्य सरस्वती श्रेष्ठको संचालन र किरनदेवी सुनारको स्वागतमा सम्पन्न कार्यक्रममा वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङ, वडासदस्य विनित कुमार वेरिवाल, प्रेम नारायण तेली, स्थानीयवासीहरु लगायतको उपस्थिती रहेको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    सिद्धार्थनगर नगरपालिका सेनेटरी प्याड
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.