
चितवन,१५ जेठ । सडक भासिदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्द भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको हो।
सोमवार राति २ बजे गैडाकोट नगरपालिका ९ थुम्सीको जङ्गलमा सडक भासिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का डिएसपी बेदबहादुर पौडेलले निर्माणाधीन सडक भासिँदा राजमार्ग दुईतर्फी अवरुद्ध भएको बताए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

अवरुद्ध सडकमा ट्रक फसेकाले त्यसलाई हटाउन लागिएको छ ।भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५१३ नम्बरको यात्रुबाहक बसमा एक्कासि ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् । ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किएको प्रहरीले जनाएको छ । सडक एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

