
काठमाडौं, १५ जेठ। सरकारले चिकित्सा शिक्षालगायत प्राविधिक शिक्षाका लागि कर्जा दिने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उच्च माग र आय भएका यस्ता प्राविधिक शिक्षाका लागि कर्जा तथा सहुलियत दिन कानुन परिमार्जन पनि गरिने उनले बताए ।
Advertisement

Advertisement
Advertisement

उनले भने, ‘चिकत्सालगायत प्राविधिक शिक्षा छात्रवृत्तिका लागि सम्बद्ध कानुन परिमार्जन गरिनेछ । सक्रिय कोषमार्फत् सहुलियत कर्जा उपलब्ध गराइनेछ।’यसैगरी चिकित्सातर्फ जनशक्ति प्रक्षेपण गरी शिक्षण कोटा पुनरावलोकन गरिने पनि घोषणा गरिएको छ ।

