


भैरहवा, १६ जेठ। गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) सहित २५ जना सहसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयले बुधबार चितवन, कास्की, सुनसरी, सप्तरी, सर्लाही लगायत जिल्लाका सीडिओहरुको सरुवा गरेको हो।
चितवनका सीडिओ भुपेन्द्र थापालाई सिन्धुपाल्चोक पठाईएको छ भने उनको स्थानमा इन्द्रदेव यादवलाई ल्याईएको छ। त्यस्तै कास्कीका सीडिओ बासुदेव घिमिरेलाई गृह मन्त्रालय तानिएको छ भने त्यहाँ भरतमणि पाण्डेलाई पठाइएको छ। सुनसरीका सीडिओ जयनारायण आचार्यलाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ भने त्यहाँ रामचन्द्र तिवारीलाई सीडिओको जिम्मेवारी दिइएको छ।

यस्तै अध्यागमन कार्यालय त्रिअबिमा सुरेश पन्थीलाई पठाइएको छ भने त्यहाँ रहेका नरबहादुर थापालाई भोजपुरको सीडिओ बनाईएको छ ।
हेर्नुस् सूची



